जलाशयमा बेपत्ता युवकको शब भेटियो

लोकराज अधिकारी
भकारे भदौ २१ । घोराही उपमहानगर पालिका ४ लक्ष्मीपुर भकारे स्थित जलाशयमा बेपत्ता भएका युबकको २५ घन्टा पछि शब फेला परेको छ । घोराही ४ गोग्ली नयाँबस्तीका २४ बर्षका गोपाल सुनार हिजो पौडि खेल्ने क्रममा जलाशयमा बेपत्ता भएका थिए । उनको खोजीमा नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो ।

हिजो साझ अबेरसम्म खोजी गर्दा पनि बेपत्ता सुनार फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो । आज बिहान पुन प्रहरीको टोली खोजिमा लागेको थियो भने खोजीको लागि गोताखोरलाई समेत झिकाइएको बताइएको थियो ।

तर गोताखोरको टोली आउनु अगाडि नै नेपाल प्रहरीको टोलीले सुनारको शब फेला पारेको हो । पौडी खेल्न पसेको स्थल भन्दा करबि २०० मटिर उत्तर पुर्ब किनार छेउबाट उनको शब निकालिएको हो । घटनास्थल तथा बेपत्ता बारे जानकारी लिन र खोजीबारे अबलोकन गर्न दाङ्का प्रजिअ सहितको टोली पनि भकारे आएको थियो ।

मृतकका परिवारमा आमा बुवा दाजु र श्रीमती रहेको पारिबारिक श्रोतले जानकारी दिएको छ । आफन्तको तेर्हौ दनिको शुद्ध शान्तीकर्ममा सामेल भएर फर्कने क्रममा सुनार सहित उनका दाजु र अन्य दुई जना पौडीखेल्न भनी उक्त  जलाशयमा पुगेका थिए । जलाशय भित्र पसेको केही मिनेटमै उनी बेपत्ता भएका थिए । उनको शबलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।