नेविसंघ प्युठान–दाङ सम्पर्क समितिको अध्यक्षमा भण्डारी

दाङ,१२ पुस । नेपाल विद्यार्थी संघ प्युठान–दाङ सम्पर्क समितिको अध्यक्षमा बसन्तप्रसाद भण्डारी चयन भएका छन् । शनिवार घोराहीमा भएको समितिको दोस्रो अधिबेसनले भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हुमलाल भण्डारी र केशरा भण्डारी चयन भएका छन् । यसैगरि सचिव मेघराज कँवर, सहसचिवमा समिर रेग्मी, संगिता पटेल र मदन भण्डारी, कोषाध्यक्षमा सिता पोख्रेल चयन भएको गुरुप्रसाद गौतमले जानकारी दिएका छन् । यसैगरि सदस्यहरुमा सलिना भट्राई, अम्बिका बुढाथोकी, बर्षा श्रेष्ठ चयन भएका छन् । संघका अध्यक्ष पारस भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेस प्युठानका जिल्ला सभापति अम्मरप्रसद भण्डारीको प्रमुख अतिथ्यता एवं पुर्वसांसद राजु खनाल, नेपाली कांग्रेसका उपभासपति कमानसिंह भारती र प्यूठान जिल्ला बिद्यार्थी विभाग प्रमुख बद्री लम्सालको विशिष्ट आथित्यतामा अधिवेशन भएको हो ।

अधिवेशन उद्घाटन समारोहमा प्यूठान नेविसंघ उपसभापति गिरबहादुर घर्ती मगरलगायतले बोलेका थिए । अधिवेशनमा नेविसंघ केन्द्रीय सदस्य कुलराज खनाल, प्यूठान नेविसंघ जिल्ला अध्यक्ष एनपी मगर, उपाध्यक्ष गिरवहादुर घर्ती मगर, नेवि संघ जिल्ला सदस्य निरज गिरी, नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस ईकाईका अध्यक्ष शिवराज खनाल, सचिव कुलराज पोख्रेल , सल्लाहकार ओमप्रकाश शर्मा , साविक क्षेत्र नम्बर ३ नेविसंघका अध्यक्ष तिलक रावत, नेविसंघ राप्ती ईन्जीनीयरिङ कलेजका नेता सुजित बिष्टलाई सम्मान समेत गरिएको थियो ।