दाङ, १८ भदौ । दाङमा रहेका विभिन्न टेक्निकल ईन्स्टिच्युटले डिप्लोमा तहमुनिका स्वास्थ्य शिक्षाका कार्यक्रमहर खारेज नगर्न आग्रह गर्दै प्रधानमन्त्रीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।
सरकारले देशभरका प्राविधिक शिक्षालयहरुको स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गरेको प्रति विरोध जनाउदै जिल्लाका सात वटा ईन्स्टिच्युटले विहिवार प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको गएको साउन ३० गते बसेको बैठकले डिप्लोमा तह भन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम यसै शैक्षिक सत्रदेखि नगर्न र नगराउन निर्णय गरेको प्रति उनीहरुले आपत्ति जनाएका छन् ।
शैक्षिक सत्र ०७७÷०७८ को नवीकरणका लागी सिटीईभिटिले आबश्यक दस्तुर समेत जम्मा गराई सकेको अवस्थामा नवीकरण नगर्दा सरकारले खारेजी गर्न खोजेको उनीहरुले आरोप लगाएका छन् । कोरोना माहामारीका कारण शैक्षिक क्षेत्र ठप्प भएको बेला सिटिईभिटिबाट सम्वन्धन प्राप्त प्राविधिक शिक्षालयलाई राहत दिनुको साटो उल्टो मर्कामा पार्ने काम गरेको निजी प्राविधिक शिक्षालय महासंघ प्रदेश नं. ५ का सचिव दोर्ण ओलीले जानकारी दिएका छन् ।
आफुहरुले ज्ञापन पत्र बुझाईदै डिप्लोमा तहमुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरु९सि।एम।ए,अनमी, ल्याव असिस्टेन्ट र आयुर्वेद सहायक जस्ता कार्यक्रम सन्चालनका लागी नवीकरण तथा भर्ना प्रक्रियालाई अगाडी बढाई दिनुको साथै स्तरोन्नतीको लागी माग समेत गरेको दाङ टेक्निकल ईन्स्टिच्युट तुलसीपुरका सन्चालक समेत रहेका ओलीले जानकारी दिएका छन् ।
उनका अनुसार दाङ पोलिटेक्निक ईन्स्टिच्युट तुलसीपुरका विजय बहादुर थापा, तुलसीपुर प्राविधिक शिक्षालय तुलसीपुरका कौसिला खड्का र बगरबावा प्राविधिक शिक्षालय लमहीका रामबहादुर चौधरीलगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको हो ।