दाङ,१८ भदौ । नेपालमा कोरोना भाइरसका एक हजार २ सय २८ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार २ सय २८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
उनका अनुसार नयाँ संक्रमितहरुमा ३ सय ९४ महिला र ८ सय ३४ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेको छ ।
पछिल्लो २४ घण्टामा जना देशभरका विभिन्न अस्पतालबाट ९ सय १७ डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २४ हजार २०७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । भोजपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।