ब्रह्माकुमार माधव तिमिल्सेना
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एक विख्यात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त नारीद्वारा सञ्चालित शैक्षणिक संस्थान हो । यस संस्थाको ८४ बर्षको लामो ऐतिहासिक पृष्ठभूमी रहेको छ । जीवनका नवीन मुलभूत विशेषतालाई लिएर विश्वमा धर्मलाई नयाँ मानदण्डले परिभाषित गरिरहेको छ । जीवनको व्यस्ततामा भाग दौडले थाकिसकेको जीवनशैली आज शान्तिको खोजमा यस संस्थासँग आवद्ध भएको देखिन्छ ।
यो कुनै नयाँ धर्म होईन बरु आध्यात्मिक मूल्यलाई संस्थागत गर्दे अनेक धर्महरूको सारलाई आत्मसात गरेर त्यसलाई मानव कल्याणहेतु उपयोग गर्ने कार्य गरिरहेको छ । यस आध्यात्मिक शैक्षणिक संस्थाका हाल करिव एकसय चालिस भन्दा बढी राष्ट्रहरुमा दशहजार भन्दा बढी सेवाकेन्द्रहरु मानव कल्याण र बिश्व परिर्वतनको बृहद महान कार्यमा संलग्न रहेका छन् ।
बिं.स. २०३७ सालदेखि यो विश्व बिद्यालय संयुक्त राष्ट्रसंघको सूचना बिभागमा गैरसरकारी संस्थाको (DPI/NGO) रुपमा दर्ता हुनुको साथै UNO अन्तरगतकोे आर्थिक तथा सामाजिक परिषद (ECOSOC) संयुक्त राष्ट्रसंघीय बालकोषको (Unicef) परामर्शदाता त्यसैगरी ग्रामिण जनताका लागि शिक्षा,विश्व खाध्य तथा कृषि संगठनको (FAO) को प्रमुख सदस्य रहेको छ भने संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रमको (UNEP) र जलवायु परिवर्तन सम्वन्धी राष्ट्रसंघीय फ्रेमवर्क महासभाको (UNFCC) पर्यवेक्षकको रुपमा हैसियत राख्दछ । कोस्टारिका स्थित शान्ति विश्व विद्यालयमा ब्रह्माकुमारीजका विभिन्न विषयहरू पढाई हुन्छ ।
अन्तर्राष्ट्रिय सञ्जालका माध्यामबाट मानिसलाई विभिन्न महत्वपूर्ण र चुनौतीपूर्ण अवस्थामा आफ्नो राय व्यक्त गर्ने अवसर प्रदान गर्दछ । यसले उनीहरूको दैनिक जीवनलाई असर गर्छ,उनीहरूको सन्देश ग्ल् सम्म पुर्याउन सुनिश्चित गर्दछ ।
ब्रह्माकुमारीजको सिद्धान्त विशेषगरी संयुक्त राष्ट्र संघको वडापत्रको प्रस्तावनामा समावेश भएको सिद्धान्तसँग समेटिएको छ । मौलिक मानव अधिकार,मानव मर्यादा र मूल्यमा दृढ विश्वास गर्न,सचेतना एवं जागरुकता प्रवद्र्धन गर्नका साथै UN को उद्देश्य र सिद्धान्तहरूलाई उजागर गर्न समेत मद्दत गर्दछ ।
यस संस्थाको सम्वन्ध र संलग्नता विश्वमा प्रतिष्ठित संगठनहरूसँग रहेतापनि यसका आर्थिक गतिविधिहरूमा भने स्थानियस्तरबाटै सञ्चालन हुने व्यवस्था छ । Globally Organisation But Locally Functions. विश्वका समाजबीच मानव उत्थान र वैश्विक एकताका निमित्त गरेको उत्कृष्ट तथा अनुकरणीय कार्यका साथै अन्तर्राष्ट्रियस्तरमा शान्ति एवं समुन्नत समाज निर्माणका क्षेत्रमा बिशिष्ट योगदानको कदरस्वरुप वि.सं २०४३(सन् १९८४) मा UN द्वारा शान्ति पदक (Peace Medal)तथा संयुक्त राष्ट्रसंघले सन् १९८७ मा अन्य सातवटा राष्ट्रिय/अन्तर्राष्ट्रिय शान्तिदुत पुरस्कारबाट (Peace Messenger Award) समेत सम्मानित गरेको छ ।
महिला शशक्तिकरण,यूवा जागरण र आद्यात्मिक पथमा उल्लेखीय भूमिका निर्वाह गरेका कारण मोहनलाल सुुखाडिया विश्व विद्यालय,उदयपुर राजस्थानले ३० डिसेम्वर,१९९२ मा ब्रह्माकुमारीज संस्थाकी पूर्व मुुख्य प्रशासिका दादी प्रकाशमणीजीलाई मानार्थ विद्यावारिधी डि.लिट्बाट सम्मानीत गरेको थियो ।
त्यसैगरी सन् २०११ मा पूर्व मुुख्य प्रशासिका दादी जानकीलाई गीतम यूनिवर्सिटी,विशाखापटनम् आंध्र प्रदेशले र संस्थाकी अतिरिक्त मुुख्य प्रशासिका दादी रतनमोहिनीलाई सन् २०१४ मा गुलवर्गा विश्व विद्यालयले उक्त उपाधीद्धारा विभूषित गरिसकेका छन् भने संस्थाका कार्यकारी सचिव राजयोगी मूत्युन्जयजीलाई समेत मानार्थ विद्या वारिधी प्राप्त भएको छ ।
यसवाट सिद्ध हुन्छ कि ईश्वर प्रदत्त यस विश्व विद्यालयको कार्य र शिक्षाले भविश्यमा आउने एक आदर्श स्वर्णीम विश्वको निर्माण गर्नेछ । यस संस्थाको प्रशासन एंव गहन जिम्मेवारी आध्यात्म साधना सम्पन्न राजयोगिनी ब्रह्माकुमारी दिदी बहिनीबाट बहन हुने मातृशक्ति प्रमुख भएको विश्वकै पहिलो संस्था हो ।
नेपालमा पनि वि.सं. २०२३ सालदेखि आफ्ना सेवाहरु प्रारम्भ गरी हाल नेपाल राज्यभरी यस संस्थाका संघ,प्रदेश स्थानीय स्तरमा करिव १५०० जतिशाखा,उपशाखा, पाठशाला एवं ईकाइ कक्षाहरु कृयाशील रहेका छन् ।
यो संस्था नेपालको सुन्दर पर्यटकीय एशियाको दोश्रो ठूलो उपत्यका दाङको तुलसीपुरमा वि.सं २०५० सालमा स्थापना भै क्षेत्रीय कार्यालयको स्तरोन्ती हुदै राप्तीका ६ वटा जिल्लाहरुमा सेवा प्रवाह गरिरहेको छ भने २०७५ साल फागुन महिनामा आफ्नो स्थापनाको रजत जयन्ती सम्पन्न गरिसकेको सुखद खवर सम्प्रेषण गर्दा अत्यन्तै गर्व महसुुस हुन्छ । घोराहीमा २०५५ सालदेखि शुरु भै हाल राजयोगिनी ब्र.कु. गीता दिदीको सफल नेतृत्वमा राप्तीक्षेत्रको कर्णाली र प्रदेश नं ५ का ५ जिल्ला भित्र १३ शाखा र १३ ईकाइ केन्द्रहरु सेवारत छन् ।
दाङ जिल्लामा १ बटा क्षेत्रीय कार्यालय,७ बटा शाखा एवं ७ इकाई केन्द्रहरु कृयाशील छन् । वर्तमान समय अति भौतिकवाद,शहरीकरणद्वारा उत्पन्न पर्यावरण प्रदुषण,कोलाहलयुक्त परिवेशका कारण मनभित्र उत्पन्न चिडचिडापन, मानसिक तनाव, अस्थिरता, दुःख एवं अशान्तिको साथसाथै पारिवारिक बेमेल, चारित्रिक दुर्बलतालाई सही व्यवस्थापन गरी मानवीय मूल्यको जगेर्ना गर्नु आजको आवश्यकता हो ।
हिंसा र अशान्तिले ग्रस्त मानव समाजको राहत र आशाको केन्द्र,दुव्र्यसन र कुसङ्गमा भट्किएका युवा पींढिहरूलाई मात्र होइन विना भेदभाव समाजका हरेक व्यक्ति,जात,धर्म,आस्था वा भावनालाई सम्मान गर्दे एशियाको सबैभन्दा ठुलो उपत्यकाका रुपमा रहेको दाङको घोराही-१५ स्थित निर्माणाधिन ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र नामक परियोजना मार्फत करिव २०० जनाको आवासिय सुविधा सहितको ५००+ क्षमताको बहुृद्देश्यीय अडिटोरियम सभाहल लगायतको बहुपयोगी भौतिक संरचनाका माध्यामबाट दाङ्गलाई एक शैक्षिक आध्यात्मिक तथा पर्यटकीय गन्तव्य वनाउने अभिलाषा लिएर यो संस्था अगाडी बढिरहेको छ।
तसर्थ नेपालकै नभए प्रदेशकै नमूना शान्तिथलो वनाउने सो योजनालाई गहना तथा साझा दायित्व संझी मन वचन कर्मले सहयोग,सल्लाह सुझाव र हातेमालो गरिदिन सवैमा आव्हान गरिएको छ ।
यस संस्थाले विभिन्न प्रशिक्षण कार्यक्रमहरुद्वारा जनमानसमा जागृति ल्याई सकारात्मक चिन्तनको विकास गराउने महत्वपूर्ण सेवा प्रदान गर्दै आएको छ । महिला,यूवा शिक्षा स्वास्थ्य पर्यावरण लगायत क्षेत्रमा यहाँबाट दिइने आध्यात्मिक ज्ञान र ध्यान अभ्यासबाट लाभान्वित समूहहरुमा उनीहरुको सोच,जीवनपद्धति तथा व्यवहारिक शैलीमा सकारात्मक परिवर्तन आइरहेको छ।
आज समाजलाई नवीन दिशा प्रदान गर्न ,श्रृजनशीलतातिर अग्रसर हुन र समाजमा बस्ने प्रत्येक व्यक्ति विशेषलाई मानसिक, बौद्धिक, भौतिक, सामाजिक, आर्थिक र आध्यात्मिक उन्नतिको मार्गमा अग्रसर गराउन ब्रहमाकुमारीजले सेवा प्रवाह गरिरहेकोे छ ।
यस विश्व विद्यालयको नीति तथा शिक्षालाई मूल्य शिक्षाका रुपमा हालसम्म विश्वमा २५ भन्दा बढी विभिन्न विश्वविद्यालयसँगको सम्बद्धतामा मूल्य शिक्षा तथा आध्यात्मिकतामा डिप्लोमा, पि.जि.डिप्लोमा र स्तानतकोत्तर, द्धन्द्ध व्यवस्थापन एवं स्व-प्रवन्ध नेतृत्वकलामा एम.बि.ए, काउन्सिलिङ्ग एवं आद्यात्मिक स्वास्थ्यमा एम एस सी.आदी विषयमा पाठ्यक्रम समावेश गरी औपचारिक शिक्षा समेत दिदै आएको छ भने नेपालमा पनि त्रिभुवन विश्वविद्यालयसँग गत वर्ष सम्झौंता भैसकेको छ भने अव नेपालका कलेज तथा विश्व विद्यालयका पाठ्यक्रममा उपरोक्त विषयमा अध्ययन अध्यापन गरिने हुँदा यसबाट समाज व्याप्त नैतिक पतनमा कमी, भ्रष्ट्राचारमा न्यूनता भै श्रेष्ठ समुन्नत समाज निर्माणमा सहजता आउने विश्वास गरिएको छ ।
दैनिक जसो कलेज वा विश्व विद्यालयमा उपस्थित हुन नसक्नेहरुका लागि दूर शिक्षाका माध्यामबाट उच्च शिक्षा लिन सकिने प्रवन्ध गरिएको छ ।
ब्रह्माकुमारीजका मुुख्य विशेषताहरुमा यो संस्थाले प्रत्येक मानवको आधारभूत भलाईमा र आध्यात्मिक भ्रातृत्वमा विश्वास गर्दछ । यसले प्रदान गर्ने सबै सेवाहरू निः शुल्क छन् । महिला नेतृत्व यसको सवैभन्दा अनूकरणीय कार्य हो ।
आत्म—परिवर्तनको माध्यमबाट संसार परिवर्तनमा आत्म—सम्मान गर्दछ साथै अंतर्निहित सद्गुण कल्याणको विकासको उद्देश्य हो भन्ने मान्यतालाई व्यवहारिक जीवनमा अवलम्वन गर्दछ ।
क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आध्यात्मिक एवं मानवीय मूल्यसम्बन्धी विभिन्न प्रशिक्षण कार्यक्रमहरू तथा प्रशिक्षण दिइने केही विषयहरूमा : तनाव व्यवस्थापन तथा सकारात्मक चिन्तन (Stress Management and Positive Thinking ) राजयोगद्वारा सम्पूर्ण स्वास्थ्य (Holistic Health through Rajyoga) खुशीयाली जीवन एवं स्वस्थ समाजका लागि राजयोग (Raj Yoga for Happy Life and a Healthy Society) दुव्र्यसन मुक्ति कार्यक्रम (De-Addiction Program) स्व-प्रवन्धन नेतृत्व कला (Self Management Leadership) आध्यात्मिक चित्र प्रदर्शनी तथा संग्रहालय अवलोकन (Spiritual painting exhibition and museum observation/Spiritual Art Gallery) सम्पूर्ण योग्य जीवन (Total Quality Life) शान्ति अनुभूती शिविर (Silence Experience Campion) शिक्षार्थीहरूका लागि जीवित मूल्य प्रशिक्षण (Living Values Training for Educators) सात अरब सत्कर्मको महायोजना (Seven Billion Acts of Goodness) शिक्षक तथा शिक्षार्थीका लागि राजयोग शिक्षा एवं चेतना सुधार कार्यक्रम (Rajyoga Education and Consciousness Improvement Program for Teachers & Learners ) आध्यात्मिक सशक्तिकरणद्वारा मूल्यनिष्ठ समाज (Valuable society through spiritual empowerment) द्वन्द एवं स्व व्यवस्थापन (Conflict and self-management) सकारात्मक जीवनशैली (Positive Lifestyle) स्वस्थ समाज र खुशीयाली जीवनका लागि राजयोग (RajYoga for a healthy society and a happy life) दैनिक आध्यात्मिक कक्षा सञ्चालन (Conducting daily spiritual classes) रहेका छन् ।
सात दिवसीय राजयोग पाठ्यक्रम अन्तर्गत जीवन जगतका विविध विषयको प्रशिक्षण हुन्छ । जस अन्तर्गत विविध विषयहरु पर्दछन्ः-वास्तवमा मानवले स्वयंलाई जुनरुपमा जान्दछन् त्यो भन्दा कयौं गुणा महान् छन् अर्थात् ‘स्वयंको अस्तित्वको चिनारी’ ।
परमात्मा एक,निराकार एवं अनादि हुनुहुन्छ र उहाँ विश्वका सर्वोच्च सत्ता तथा ज्ञानका सागर समान हुनुहुन्छ अर्थात् ‘परमसत्यको चिनारी’ । सर्वोच्च प्राणी मानव जीवनको श्रेष्ठ एवं कनिष्ठ प्रारब्ध उसकै कर्ममाथि निर्भर छन् अर्थात् ‘कर्मको गुह्य गति एवं सिद्धान्त’ ।
यस अनादि सृष्टि चक्रको वास्तविक इतिहास र भूगोलको उत्थान एवं पतनको साथसाथै यसको पुनरावृत्तिको समय अर्थात् ‘कालचक्रको गुह्य रहस्य’ । मानवीय एवं दैवी मूल्यको प्रशिक्षण र व्यवहारिक प्रयोगद्वारा मानवलाई मूल्यनिष्ठ एवं दिव्य बनाउँदै कर्तव्य र दायित्वप्रति जागरुक गराई मानव जीवनको परम लक्षतर्फ उन्मुख गराउनु अर्थात् ‘मानवको उध्र्वगामीकरणको सिद्धान्त’ ।
विश्व जनमानसलाई पूर्वीय सनातन दैवी संस्कृति तथा मानव जीवनको महान महत्व बोध गराउँदै मानव जीवनलाई सार्थक बनाउन विभिन्न लागू पदार्थ दुव्र्यशनदेखि मुक्त हुन प्रेरित गरी दक्ष एवं सशक्त जनशक्तिको निर्माण गर्नु,‘मानव संशाधन विकासको सिद्धान्त’ ।
समय प्रबन्धन,मन प्रबन्धन,स्व-प्रबन्धन ईत्यादि नेतृत्वकलाको प्रशिक्षणद्वारा विश्वलाई एक दैवीय नेतृत्व प्रदान गर्नु अर्थात् उत्सवमय,‘सुन्दर एवं सफल जीवनको रहस्य’ ईत्यादि ।
विश्व नविकरण आध्यात्मिक भरोसा (The World Renewal Spiritual Trust), राजयोग शिक्षा तथा अनुसन्धान केन्द्र (The Raj Yoga Education & Research Foundation), ब्रह्माकुमारीज शिक्षा समाज (The Brahma Kumaris Education Society) रेडियो मधुवन समुदाय समाज(The Radio Madhuban Community Society), दि गड्लीउड स्टूडियो (The Godly Wood Studio), ग्लोवन हस्पिटल एवं ट्रमा सेन्ट,ज्ञानामृत मासिक,पत्रपुष्प,शिव आमन्त्रण,दिव्य दर्पण,मधुवन समाचार, The World Renewal & The Purity English Magazines, त्यसैगरी नेपालबाट प्रकाशित ईश्वरीय उपहार द्विमासिक, ज्ञानज्योती मासिक, ओमशान्ति सन्देश द्विमासिक Oasis लगायत विश्वभरका विभिन्न छापा तथा विद्युतिय सञ्चार माध्यामहरूबाट पूर्विय संस्कृति,ज्ञान र दर्शनको अनुसन्धान,नैतिक सांस्कृतिक आध्यात्मिकताको शिक्षामा प्रभाव पार्नु र आचरणलाई पुनस्र्थापित गर्न,भावनात्मक सन्तुलन तथा समग्र व्यक्तित्व विकासका लागि आत्म-संयम कायम गर्न,अन्धविश्वास र सामाजिक विचलन तथा विकृति विसंगतिहरू हटाउन,वातावरणीय सचेतना तथा जवाफदेहिता सृजना गर्ने,लागूपदार्थ दुव्र्यसन विरुद्धका अभियानको नेतृत्व गरिहरेको छ ।
यसको साथै शारीरिक मानसिक स्वास्थ्यमा जोड दिदै एक पिता एक विश्व परिवारको भावना जगाई स्व परिवर्तनबाट विश्व परिवर्तन एवं सर्वको सहयोगले सुखमय संसार निर्माण गर्ने नूतन महायोजनामा यो संस्था स्वतःस्फूर्त स्वेच्छिक र निस्वार्थ सेवाले अभिप्रेरित भै अहोरात्र खटिरहेको छ ।
यो विश्व विद्यालय एक प्रकाश स्तम्भ हो जहाँबाट आध्यात्मिक किरणको प्रकाश चारैतिर फैलिरहेको छ । काम,क्रोधादि विकारले वशीभूत काँडा समान मनुस्यहरूमा पवित्रता,योगाभ्यास एवं दिव्य गुणहरूले युक्त मनुस्य अर्थात देवसमान वनाउनु छ । यो अनौठो यज्ञपनि हो ।
यस यज्ञमा प्रज्वलित अग्नि न केवल प्रदुषण नष्ट भै सुगन्धित वातावरणको निर्माण हुन्छ अपितु यस महायज्ञको ज्ञानाग्नि तथा योगाग्निबाट संसारमा चौतर्फि व्याप्त कुरीतिहरू,दुषित संस्कार,नकारात्मक विचार,पापाचार एवं भ्रष्टाचार समूलमा स्वाहा हुन्छन् ।
फलस्वरुप नयाँ दुनियाँको स्थापना हुन्छ जसलाई स्वर्ग वा सत्ययुग भन्निन्छ जहाँ नर-नारी देवी वा देवता समान वन्दछन् । अर्कोतिर हेर्दा यो विश्व विद्यालय एक रुहानी अस्पताल भनौ आत्माहरूको विशिष्ट औषधालय पनि हो । काम,क्रोध,लोभ,मोह र अहंकार तथा ईष्र्या,द्धैष,द्धन्द्ध एवं मनोरोगीबाट पिंडित छन् त्यस्ता मानवको उपचार यहाँ ज्ञानको गोली,योगको सुँई(इन्जेक्सन) तथा पवित्रताको धारणाले गरिन्छ ।
सही अर्थमा भन्नुपर्दा यो विद्यालयमा कुनै वर्ग,जाति,भाषा,धर्म,विचार,देश-विदेशको भेद गरिदैन । यहाँ सवैको प्रति आत्मिक नाताले व्यवहार गरिन्छ भने विश्व एक परिवार मानेर विश्व वन्धुत्वको शिक्षा दिइन्छ । यस विश्व विद्यालयका विद्यार्थी या शिक्षार्थी एक अहिंसक रुहानी सेना हुन जहाँ आध्यात्मिक नियमरुपी अनुशासनको पालना गरी विषय-विकारमाथि ईश्वरीय ज्ञानको अस्त्र-शस्त्र एवं योगवलद्धारा विजय प्राप्त हुन्छ ।
यसलाई एउटा प्रकारको पावन संगम मानिन्छ किनकी यहाँ नै ज्ञान-गंगाहरूको परमात्मारुपी ज्ञान सागरसँग मंगल मिलन मेला हुने गर्दछ । यस विश्व विद्यालयका विद्यार्थीहरू ज्ञान-गंगा वनेर सारा धरतीलाई पावन वनाउने श्रेष्ठ सेवामा तल्लिन छन् । यो एक ज्ञान नाव(डुंगा) पनि हो,जसको खिवैया विश्व नियन्ता परमात्मा शिव हुनुहुन्छ,जसले नर नारीलाई विषय सागरबाट पार लगाएर पवित्र स्वर्ग सृष्टि अर्थात सतयुगी राज्यमा लैजानु हुन्छ ।
यसलाई हामी ईश्वरीय विश्व विद्यालय यसकारणले भन्छौ कि यसका परम शिक्षक स्वयं सर्व आत्माहरूका परमपिता जो सुष्टिको आदि-मध्य-अन्तको वेहद शिक्षा दिनुहुन्छ जुन सर्व मानव मात्रको लागि हो । यस आध्यात्मिक पढाई तथा व्यवहारिक अभ्यासले कलियुग वदलेर सतयुग आउनेछ र जहाँ पुनः पवित्रता,सुख शान्ति र आरोग्य एवं सम्वृद्धिको पुनस्र्थापना संभव हुनेछ । ॐ शान्ति !!
लेखक डभिजन वन कार्यालय,दाङ्गका अधिकृत एवं एक आध्यात्मिक अभियन्ता/ब्रह्माकुमारीज घोराहीका प्रवक्ता हुन् ।