दाङ,१३ भदौ । पछिल्लो २४ घण्टामा ९ सय २९ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । १० हजार २ सय २९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । उनीहरुमध्य १ सय ९५ जनाको मृत्यु भएको छ भने २० हजार २२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् ।
देशभरमा १६ हजार १९ सक्रिय संक्रमित छन् । उनीहरुमध्य ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४४६ जना होम आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौं जिल्लामा मात्र ३५० जना छन् भने भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै रुपन्देहीका ७२ जना, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६ र१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३ र १३ जना, सिराहाका १२ र नवलपुर, दैलेख र कैलालीका ११ र ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४ र ४ जना, नुवाकोट र सल्यानका ३ र ३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २ र २ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका १ र १ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले वजाएको छ ।