नम्बर हेर्दै प्रहरी

दाङमा सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू भएपछि पहिलो दिन घोराहीको मुख्य चोकमा सवारी साधनको नम्बर हेर्दै प्रहरीको टोली ।

चेकिङका क्रममा प्रणाली उल्लङघन गरेको पाइएमा प्रहरीले सवारी सचालकलाई केही बेर होल्डमा राखेर छाडिदिएको थियो ।

बजारमा चहलपहल कम गराउने उद्देश्यले विहिवारदेखि जोर–बिजोर प्रणाली लागू गरिएको छ । यो प्रणाली अन्तर्गत जोर गतेमा जोर नम्बर र बिजोर गतेमा बिजोर नम्बरका सवारी साधन चलाउने अनुमति दिइएको छ ।

तस्वीर : लिलाधर वली ÷ गोरक्ष