दाङ,१० भदौ । दाङमा जवरजस्ती करणी मुद्धामा दश बर्ष सजाय तोकिएका फरार प्रतिवादी ४ बर्षपछि पक्राउ परेका छन् । देउखुरीको राप्ती गाउँपालिका–३ निवासी २६ बर्षीय सन्दिप चौधरीलाई ४ बर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
चौधरीलाई सर्वोच्च अदालतले २०७३ भदौ २७ गते सामुहिक जबरजस्ती करणी मुद्दामा १० बर्ष ३ महिना १९ दिन कैद सजाय तोकेको थियो । सर्वाेच्चको फैसल्लापछि फरार रहेका चौधरीलाई यहि भदौ ९ गते राप्ती गाउँपालिकाको मसुरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन ।
उनका अनुसार सर्वाेच्चको फैसल्लापछि उनी लुकेर बस्दै आएका चौधरीलाई प्रहरीले मंगलवार साँझ पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले बुधवार दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ ।