Goraksha

National Daily

कोरोना संक्रमितको संख्या २६ हजार बढि

दाङं,३२ साउन । नेपालमा कोरोना भाइरसका ६४१ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६४१ जना संक्रमित थपिएको वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

जसमा २१८ महिला र ४२३ पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १३४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ३३५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट १०४ जनाको मृत्यु भएको छ ।

हालसम्म डिस्चार्ज हुने दर ६५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार २४७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख १७ हजार ९०७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ८ हजार ७२४ छन् । आजसम्म देशभर १५ हजार २४३ जना क्वारेन्टिनमा रहेका छन् ।