Goraksha

National Daily

छुट्टाछुट्टै दुर्घटनामा ८ घाईते

दाङ,३२ साउन । पश्चिम दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ८ जना घाईते भएका छन् ।

श्रीगाउँबाट तुलसीपुर आउँदै आइरहेको लु५९प४३५२ नम्बरको मोटरसाईकल तुलसीपुर–८ को चमीखोलामा अनियन्त्रीत भएर पल्टिदा तुलसीपुर –९ दोघरे निबसी ४५ बर्षका गुरुप्रसाद गौतम, पछाडी सवार २५ बर्षकी साधना गौतम घाइते भएका छन् ।

त्यसैगरी तुलसीपुरबाट पश्चिमतर्फ गइरहेको लु १ स ८१५२ नम्बरको अटो दंगीशरण गाउँपालिका–५ कुमालगडीमा पल्टिदा तुलसीपुर –६ बरुवागाउँ निबासी ३१ बर्षकी सविता गिरी, बेलुवा निबासी ५० बर्षका चन्द्र बहादुर विक र ३६ बर्षकी पार्वती विक घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै बबई गाउँपालिका ६ ज्यामिरे खोलामा रा१ह ४०५२ नम्बरको अटो पल्टिदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका–६ खिलतपुर निबासी ४० बर्षका भोज बहादुर डाँगी, शान्तिनगर गाउँपालिका–२ अमुवा निबासी ३६ बर्षकी सुनिता चुनारा र ११ बर्षका प्रकाश चुनारा घाईते भएका हुन् ।

घाईते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालका अहेव दिपक केसीले जानकारी दिए ।