अप्टिकल फाइवरमा समस्या आउँदा दाङको फोन सेवा अवरुद्ध
दाङ,३२ साउन । नेपाल टेलिकमको अप्टिकल फाइवरमा समस्या आउँदा दाङको फोन सेवा अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डको चौपट्टामा अप्टिकल फाइवर विग्रिएपछि आइतवार विहानैदेखि दाङसहित जिल्लाहरुमा फोन सेवा अवरुद्ध हुन पुगेको दूर सञ्चार कार्यालय घोराहीले जनाएको छ ।
अप्टिकल फाइवरमा समस्या आएपछि पोष्टपेट, प्रिपेड, ल्याण्डलाइन,एडिएसएल फोनमा समस्या आएको दुर सञ्चार कार्यालय घोराहीले जनाएको छ । ‘अप्टिकल फाइवरमा समस्या देखिएपछि कार्यालयबाट खटिएको टोलीले मर्मतको काम गरिरहेको छ’–दर सञ्चार कार्यालयका एक अधिकारीले भने–‘मर्मतको काम सकिएपछि अवको १–२ घण्टामा सेवा सुचारु हुन सक्छ ।’
फोन सेवाले काम नगर्दा सेवाग्राही प्रभावित भएका छन् । पोष्टपेट र प्रिपेट मोवाइलले काम गरेको छैन भने ल्याण्डलाइन फोनले पनि राम्रोसँग काम गर्न सकेको छैन् ।
