नहकुल केसी स्थानीय समन्वय बिभागको सचिव मनोनित
दाङ साउन २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङका कांग्रेस नेता नहकुल के.सी.लाई पार्टीको स्थानीय तह समन्वय बिभागको सचिवमा मनोनयन गरेका छन् । समितिका सदस्यमा मनोनित भएका उनलाई त्यस लगत्तै बिभागको सचिवमा मनोनित गरिएको हो । ‘पार्टीर्ला थप सुदृढ एवं गतिशिल बनाउन महत्वपूर्ण योगदान हुने बिश्वासका साथ’ केसीलाई सचिवमा मनोनयन गरिएको सभापति देउवाद्वरा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
केसी गरिबी निबारण कोषको कार्यकारी निर्देशक भैसकेका छन् भने सामाजिक तथा राजनीतिक गतिबिधिमा लामो समयदेखि क्रियाशिल छन् ।
