अधिबेशन तत्काललाई रोक्ने उद्योग बाणिज्य संघको निर्णय
दाङ,२६ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन हाललाई स्थगित गरिएको छ । संघको सोमवार बसेको बैठकले अधिवेसन हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।
सरकारले कोराना भाइरसको सङक्रमण फैलन नदिनका लागि कुनै पनि औपचारीक कार्यक्रम गर्ने रोक लगाएको कारण हाललाई साधारणसभा तथा अधिवेशन स्थगित गरिएको संघका महासचिव नरेश कार्कीले जानकारी दिएका छन् ।
सरकारले औपचारीक कार्यक्रम गर्ने अनुमती दिए लगत्तै अधिबेशन गरिने भएको छ । बैठकले घोराही क्षेत्रमा पछिल्लो समयमा चोरीका घटना बढ्न थालेकोप्रति यसलाई गम्भीर रुपमा लिदै सुरक्षाको व्यवस्था मिलाउन स्थानिय प्रशासनसंग माग गरेको छ । बैठक संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।
