स्वास्थ्य सामग्री वितरण गर्दै स्व. खुमबहादुर खड्का पुत्र अनुराग
दाङ,२४ साउन । नेपाली कांग्रेसका नेता स्व खुमबहादुर खड्काका छोरा अनुराग खड्काले गृह जिल्लामा प्रहरी र जिल्ला प्रशासन दाङलाई स्वास्थ्य सामग्रीहरू सहयोग गरेका छन् ।
कांग्रेसका युवा नेता खड्काले कोरोना महामारीको समयमा जोखीम मोलेर जनताको सेवामा खटिएका सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
उनले ज्वरो नाप्ने थर्मल गन, सेनिटाइजर, पीपीई सेट, सर्जिकल मास्क, एन–९५ मास्क, साबुनलगायतका सामग्री सहयोग गरेका हुन ।
‘‘कोरोना भाइरसको संक्रमणबाट बचाउन सुरक्षाकर्मीहरूले ठुलो भूमिका खेल्नुभएको छ’–उनले भने –‘ ‘सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूलाई सुरक्षित बनाउने उद्देश्यले आफुले सहयोग गरेका हुँ । पहिला सुरक्षाकर्मीलाई र त्यसपछि स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्यका सामग्रीहरू वितरण गरिनेछ ।’
