Goraksha

National Daily

कोरोनाले थलाएको शिक्षा : अन्योलमै विद्यालय/विद्यार्थी

अमरराज आचार्य
दाङ, २२ साउन । एसईई दिने अन्तिम तयारी भइरहेका बेला एकाएक कोरोनाको संक्रमण देखिएपछि रोकिएको परीक्षाले विद्यार्थी धेरै समय अन्योलमा रहे । अन्ततः सरकारले स्वतः पासको नीति लियो, सायद यसैसाता नतिजा प्रकाशित हुनेछ । तर यो व्याचका विद्यार्थीलाई कोरोना व्याचको ट्याग लागेको छ । एघार कक्षा सञ्चालनको पनि छाँटकाँट देखिएको छैन ।

चालु शैक्षिक सत्रको आधा समय सकिइसकेको छ । अझै पनि केही विद्यालयहरु क्वारेन्टाइनका रुपमा प्रयोग भइरहेका छन् । सरकारी संयन्त्रसमेत निणर्यविहीन अवस्थामा छ । सिंगै शैक्षिक सत्र खेर जाने हो कि भन्ने चिन्तामा विद्यार्थी/अभिभावकहरु रहेका छन् । नर निकासा निस्केको छैन । कोरोना भाइरसको कारण अहिले हरेक क्षेत्र अस्तव्यस्त बनेको छ । यसबाट शिक्षा क्षेत्र पनि अछुतो रहेको छैन । बैशाखबाट शुरु हुनुपर्ने नयाँ शैक्षिक सत्र हालसम्म पनि शुरु भएका छैनन् । कहिलेबाट शुरु हुने टुङ्गो पनि लाग्न सकेको छैन ।

सरकारले भदौ १ बाट विद्यार्थी भर्ना अभियान शुरु गर्ने निणर्य गरेको छ । तर कक्षा कहिलेबाट शुरु भन्नेबारे निणर्य गर्न सकेको छैन । भर्ना गरेर पढाइ सञ्चालन हुन नसके बालबालिकाहरुलाई भर्ना गरेर कक्षा चढाउने काम मात्र हुने शिक्षाका जानकारहरु बताउँछन् । यसले सिकाइ उपलब्धि हासिल हुन नसक्ने उनीहरुको भनाइ छ । माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्राप्त गरेका स्थानीयहरुहरुले अहिले बैकल्पिक माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाएका छन् । बैकल्पिक शिक्षाअन्र्तगत रेडियो, टेलिभिजन, अनलाइन कक्षाहरु सञ्चालन गरेका छन् ।

बैकल्पिक माध्यमबाट दिइने शिक्षा प्रभावकारी हुन नसकेको अभिभावकहरुको गुनासो रहेको छ । विद्यार्थी स्वयं पनि यो अभ्यासबाट ढुक्क छैनन् । प्रविधिको पहँुच सबै विद्यार्थीबीच पुग्न सकेको छैन । प्रविधिसँग खेल्न सक्ने क्षमता पनि विद्यार्थीहरुमा विकास भइसकेको छैन । सूचना प्रविधिको पहुँचसँगै श्रोत साधनको अभाव पनि अर्को समस्या देखियो । अन्ततः अनलाइन कक्षाका अभ्यासहरु पनि स्थगित भएका छन् ।

ग्रामीणस्तरसम्म इन्टरनेटको सुविधा नरहेको र रेडियो, टिभी सुन्ने र हेरेर पढ्ने नगरेको अभिभावकहरु बताउँछन् । त्यसैगरेर हाते पुस्तक प्रकाशन गरेर घर-घरसम्म पुर्‍याउने गरेका छन् । केही स्थानीय तहले समुदायमा पुगेरसमेत कक्षा सञ्चालन गरेका छन् । सिकाई निरन्तरतालाई समुदायमा नै पुगेर कक्षा सञ्चालन गरेको उनीहरुको भनाइ रहेको छ । तर त्यसले पनि जोखिम शून्य हुने र सबै विद्यार्थीहरु समेटिने अवस्था रहेन ।

तुलसीपुर उप महानगरपालिका शिक्षा युवा ता खेलकुद महाशाखा प्रमुख भाष्कर गौतमले केन्द्रको निती अनुसार अगाडि वढ्ने बताए । तर केन्द्रलेनै शैक्षिक गतिविधि सन्चालनका सन्दर्भमा कुनै निति लिन सकेको छैन । यस अघि शिक्षा मन्त्रालयले गरेका परीपत्रहरु पनि फेरींदै आएका छन् । ‘केन्द्रले लिने निती अनुसार नै हामी अगाडि वढने छौ’ गौतमले भने ।

विदाको समयमा पनि विद्यालय सञ्चालन गरेर पनि कोर्सको व्यवस्थापन गर्ने सकिने उनको भनाइ भनाइ रहेको छ । तर कहिलेदेखि स्कुल खुल्ने? उनी आफै अन्योलमा रहेका छन् । वालवालिकाले अघिको कुरा नसिक्दा सम्म पछाडि जान नसकीने भएकोले पाठक्रमले तोके अनुसार सिकाइमा समस्या हुने छ ।

केन्द्रीय नीतिअनुसार नै देशभरीको शैक्षिक-सत्र शुरु एकैपटक हुने गरेको छ । त्यसैअनुसार पठन-पाठन हुँदै आएको छ । उपमहानगरपालिकाले विद्यार्थीहरुको निरन्तर सिकाईका लागि वैकल्पिक शिक्षा अगाडि बढाइरहेको उनको भनाइ छ । ‘नेपालमा वैकल्पिक सिकाईको अभ्यास नभएकाले पनि थप समस्या देखिएको छ’, भाष्कर भन्छन्- सबै बालबालिकाहरु इन्टरनेटको पहँुचमा समेत छैनन् ।

इन्टरनेट भएकाहरु पनि विद्युत तथा अन्य साधन नहँुदा सेवा लिनबाट बञ्चित भएका छन् । एक तथ्याङ्कका अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब ३ प्रतिशत मात्र इन्टरनेटको पहुँचमा रहेका छन् ।

अहिले पनि उपमहानगरपालिकामा रहेका ५ वटा रेडियोबाट कक्षा सञ्चालन गरिराखिएको छ । रेडियोबाट सञ्चालन गरेको पढाई प्रभावकारी भए-नभएको बारेमा समुदायस्तरमा शिक्षकहरु पुगेर जानकारी लिने काम गरिराखेको उनको भनाइ रहेको छ । ‘विद्यार्थीहरुले रेडियो सुनेर सिकेकी सिकेनन् उनीहरुले के गरिरहेका छन् भनेर समुदायमा गएर बुझ्ने काम भइराखेको छ’, प्रमुख गौतमले भने । सामाजिक दूरी कायम गरेर, स्वास्थ्य सुरक्षा अपनाएर काम गरिराखेको उनले बताए । सहज नहुँदासम्म रेडियोबाट वैकल्पिक कक्षा सञ्चालन गरिने भएको छ ।

त्यसैगरेर वैकल्पिक पुस्तकहरु छपाई गरेर वितरण गरिएको गौतमले बताए । बालबालिकाहरुलाई सक्रिय बनाउन उपमहानगरपालिकाले प्रयास जारी राखेको गौतमले बताए । विद्यालयहरु कुनै पनि समस्या आएमा सबै भन्दा पहिले बन्द हुने र सबैभन्दा ढिला खुल्ने क्षेत्र रहेको प्रमुख गौतमको भनाइ छ ।

घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले कक्षा सञ्चालन हुने बारेमा अन्योल रहेको जनाएको छ । ‘यो महामारीको समयमा विद्यालय खुलेर कक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तथा प्रदेश सरकारसँग अधिकार छैन’, घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद गौतमले भने ।

केन्द्रीय सरकारको नीतिअनुसार नै प्रदेश तथा स्थानीय सरकारसँग अगाडि बढ्ने उनको भनाइ रहेको छ । भदौबाट कक्षा सञ्चालन गर्न सकेमा कोर्ष पूरा गर्न सकिने उनले बताए । ‘भदौबाट कक्षा सञ्चालन गर्न सकिएमा विदाको समयमा पनि विद्यालयहरु सञ्चालन गरेर कोर्ष पूरा गर्न सकिने छ’, प्रमुख गौतमले भने ।

कम्तीमा १ सय ८० दिन कक्षा सञ्चालन हुनुपर्ने उनले बताए । विद्यालयमा कक्षा सञ्चालन नभए पनि विद्यालयहरुले अनलाइन तथा विद्यार्थीहरुलाई भेटेर उनीहरुलाई सक्रिय बनाइराख्ने काम गरेको प्रमुख गौतम बताउँछन् । ‘बिद्यालयहरुले आफ्नो विद्यार्थीको निगरानी गरिराख्नु भएको छ’, प्रमुख गौतमले भने ।

उपमहानगरपालिकाले असार अन्त्यसम्म वैकल्पिक सिकाईका लागि रेडियाको माध्यमबाट कक्षा सञ्चालन गरेको थियो तर अहिले बन्द रहेको छ । आर्थिक कारणले गर्दा वैकल्पिक शिक्षा कक्षा बन्द गरिएको उनको भनाइ रहेको छ । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट बजेट प्राप्त भएमा योजना बनाएर कक्षा सञ्चालन गर्न सकिने उनी बताउँछन् ।

राप्ती गाउँपालिकालाई पनि कसरी शैक्षिक-सत्र जोगाउने भन्ने चिन्ता छ, तर उपाय विरलै भेटिएको छ, त्यो हो समुदायमै पुगेर कक्षा सञ्चालन । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी भन्छन्- ‘सकेसम्म पूरै शैक्षिकसत्र खेर जान नदिनेमा लागिरहेका छौं, यो अभ्यास शुरु पनि भएको छ ।’ अन्य गाउँपालिकाहरु पनि यो विषयमा संवेदनशील त छन् नै, तर कसरी शैक्षिक-सत्र खेर जान नदिने भन्नेमा अर्थपूणर्रुपमा लाग्नु त्यत्तिकै चुनौतीपूणर् रहेको बताइन्छ ।