प्रेमीसँग घुम्न गएकी युवतीमाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

  •   
  •  

दाङ,२१ साउन । दाङको देउखुरीमा प्रेमीसँग घुम्न गएकी एक युवती सामूहिक बलात्कारमा परेकी छिन्। राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीया निवासी १७ वर्षीया युवतीलाई राप्ती गाउँपालिका वडा नं. ४का चार जना युवाहरुले सामुहिक बलात्कार गरेका हुन्।

बलात्कार गर्नेमा सोही ठाउँ निवासी करिव २६ वर्षीय अर्जुन विक,  करिव २८ बर्षीय प्रकाश नेपाली, २४ वर्षीय इसव जिसी र करिव २०

वर्षीय भुपाल थापामगर रहेको पीडित युवतीले जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ।

पीडित युवती आफ्नो प्रेमीसँग साउन १६ गते शुक्रवार दिउँसो घर नजिकको शान्ति सामुदायिक वन र घण्टदेव सामुदायिक वनको

सिमानामा पर्ने जंगलमा घुम्न गएको समयमा ४ जनाको समुहमा रहेका ती युवाहरुले प्रेमीलाई कुटपिट गरी युवतीलाई बलात्कार गरेका थिए।

बलात्कारका क्रममा पीडित केटीलाई अर्जुन विकले युवतीको मुखमा लिंग समेत राखेको प्रहरीमा उजुरी दिएकी छिन्।

उक्त कार्यमा अन्य ३ जनाले सहयोग गरेको पीडित युवतीले निवेदन दिएकी प्रहरीले जानकारी दिएको छ। उक्त जंगलमा रहेको बगिया खोलामा नुहाएर कपडा परिवर्तन गर्ने क्रममा युवाहरुले बलात्कार गरेका थिए।

उनीहरुले युवतीलाई मार्ने धम्की दिएर पालैपालो बतात्कार गरेको पीडित युवतीको भनाई रहेको छ। ती युवाहरुको कुटाइबाट युवतीका प्रेमी घाइते भएका छन्। उनको शरिरभरी चोट लागेको छ।

पीडित पक्षले दोषीलाई पक्राउ गर्न प्रहरीले चासो नदिएको बताएको छ।

युवतीका वुवाआमा जिल्ला बाहिर रहेका कारण पीडित युवतीले आमा घरमा आएपछि साउन १७ गते इलाका प्रहरी कार्यालय भालुवाङमा जाहेरी दिन गएपछि प्रहरीले आलटाल गरि जाहेरी दर्ता नगरी भोलीपल्ट साउनको १८ गते मात्र जाहेरी दर्ता गरेको थियो।

जाहेरी दर्तासँगै पीडित युवतीको स्वास्थ्य परिक्षण समेत भएको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच बलात्कारमा संलग्न भनिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाडका प्रहरी निरीक्षक गंगाबहादुर सारुमगरले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा इसव जिसी र भुपाल थापा रहेका छन्। जिसीलाई तुलसीपुरबाट  थापामगरलाई प्युठान स्थित मामा घरबाट पक्राउ गरेको प्रहरी निरिक्षक सारूमगरले जानकारी दिएका दिए।

घटनाका मुख्य आरोपित अर्जुन विक र प्रकाश नेपाली फरार रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी निरिक्षक सारूमगरका अनुसार जाहेरी दर्ता पछि उनीहरुको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्।