दाङ,२० साउन । नेवार समुदायले यसबर्ष सामुहिक रुपमा पितृहरुलाई सम्झिएको छ ।
कोरोना भाइरसको संक्रमण फैल्ने डरका कारण नेवार समुदायले बर्षभरी दिवंगत हुने आफ्ना पितृहरुको सम्झनामा यो बर्ष मन्दिरमा जम्मा भएर पितृहरुलाई सम्झिएको हो ।
घोराही उपमहानगरपालिका–१५ कोठेकोहलमा रहेको मन्दिरमा जम्मा भएर पितृहरुलाई सम्झना गरेका हुन ।
दिवंगत पितृहरुको सम्झनामा प्रत्यक घरबाट गाईजात्रा निकाल्ने परम्परा रहेपनि यो बर्ष सामुहिक रुपमा मन्दिरमा जम्मा भएर सम्झने र दान दक्षिणा गरिएको नेवार सेवा समाज दाङले जनाएको छ ।
नेवार समुदायमा बंर्षभरी मृत्यु भएका मानिसहरुको घरबाट उनीहरुको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहेको छ ।