थप २४६ जना कोरोना सङक्रमित

  •   
  •  

दाङ, १८ साउन । देशभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २४६ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा १११ जना डिस्चार्ज भएका छन् । यो सँगै १४ हजार ६०३ जना कोरोना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमले २४ घण्टामा ८ हजार ६१ परीक्षण गरिएको छ । थप १ को मृत्यु भएको औपचारिक पुष्ट्रि भएको छ । पर्साको वीरगन्ज महानगरपालिकाकी ६ वर्षीया महिलाको शनिबार मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार ज्वरो, खोकी स्वास प्रस्वासमा समस्या भए पछि १४ गते बयोधा अस्पतालमा भर्ना भएकी ती महिलालाई १७ गते शनिबार नारायणीमा रिफर गर्दा बाटो मै मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए । यो सँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।