समस्याको जड भ्रष्टाचार : बरिष्ठ नेता पौडेल

  •   
  •  

‘इनफ इज इनफ’ अभियानप्रति कांग्रेसको साथ

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा देखिएका सम्पूणर् समस्याको जड भ्रष्टाचार भएको बताएका छन् । उनले कोरोनाको समयमा सरकारले जनताको स्वास्थ्यसँग खेलवाड गरिरहेको आरोपसमेत लगाएका छन् ।

कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनसनमा बसेका इनफ इज इनफ अभियानका अभियान्ता ‘ई’ सँगको भेटमा पौडेलले जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै सरकारको हेलचक्र्याइँविरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानमा आफू र आफ्नो पार्टीको साथ रहेको बताए ।

नेता पौडेलले सरकारलाई अटेरी सरकारको संज्ञा पनि दिए । उनले पिसिआरको दायरा बढाउन र क्वारेन्टाइन व्यवस्थित गर्न माग गर्दै अभियन्ताहरु अनशन बस्नु दुर्भाग्यपूणर् भएको पनि बताए । पार्टीका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूका साथ सत्याग्रहस्थल बसन्तपुर पुगेर आइतबार दिउँसो वरिष्ठ नेता पौडेलले ‘ई’ सँग भेट गरेका हुन् ।

भेटमा वरिष्ठ नेता पौडेलले मुलुकमा देखिएका सम्पूणर् समस्याको जड भ्रष्टाचार भएको चर्चा गर्दै भ्रष्टाचारका बिरुद्धमा उत्रन युवाहरूलाई आह्वानसमेत गरे । पौडेलले भने- ‘जनताको स्वास्थ्यसँग जोडिएको सामान्य विषयमा अनशन बस्दा पनि नसुन्ने भनेको सरकार साँच्चै नै अटेरी सरकार हो । पिसिआरको दायरा बढाउ, क्वारेन्टाइन व्यवस्थित होस् भनेको छ । अति नै सामान्य र अति नै आवश्यक मागहरु लिएर उहाँहरु अनशन बस्नु नै दुर्भाग्यपूणर् कुरा हो ।’

उनले अनशनमा बसेका अनशनकारीको माग सम्बोधनका लागि राज्यले ध्यान नदिएर सरकारले गरिरहेको बेवास्ताप्रति आपत्ति जनाए । पौडेलले १६-१६ दिनसम्म अनशन बस्दा पनि माग सम्बोधन नगर्नु सरकारको चरम लापरबाही भएको बताए । अभियन्ता ‘ई’ विगत १६ दिनदेखि दोस्रोपटक सत्याग्रहमा बसेका छन् । यसअघि उनी पहिलोपटक ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए ।

यसअघि कांग्रस सभापति शेरबहादुर देउवाले पनि अभियान्ता ‘ई’ सँग भेट गरी सो अभियानप्रति पार्टीको साथ रहेको जानकारी गराएका थिए । कांग्रेसका अन्य नेताहरू पनि अभियानमा ऐक्यबद्धता देखाउन त्यहाँ पुगेका छन् ।