चलचित्र पत्रकार संघद्धारा संगीतकार श्रेष्ठलाई बधाई एवं सम्मान
दाङ, १० साउन । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले विश्वका १२ भाषामा संगीत गरेर गिनिज बुकमा नाम लेखाउन सफल संगीतकार सन्तोष श्रेष्ठलाई स्वागत एवं सम्मान गरेको छ । संघले संगीतकार श्रेष्ठलाई शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी बधाई एवं सम्मान व्यक्त गरेको हो ।
संघका दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा सामुदायिक रेडियो प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीको प्रमुख आतिथ्यता एवं संगीतकार श्रेष्ठको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
संगीतकार श्रेष्ठले नेपाली, हिन्दी, चाइनिज, जापनिज, अंग्रेजी, रसियन , कोरियन, स्पेन, फेन्च, इटालियन, जर्मन र थाइ भाषा गरेर १२ भाषामा संगीत गरेर गिनिज बुकमा नाम लखाएर विश्व कृतिमान राखेका हुन ।
संगीतकार श्रेष्ठले समाजका कुरा बोल्ने गितसंगीतले जीवन्त पाउने बताएका छन् । उनले संख्यात्मक रुपमा धेरै सिर्जनाले मात्रै उचाईमा पुग्ने नहुने भन्दै थौरै सृजनाले पनि कलाकार जीवन्त हुन सक्ने बताए ।
त्यस अवसरमा सामुदायिक प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी , चलचित्र पत्रकार संघका सल्लाहकार शरद रेग्मी, सामुदायिक प्रशारक संघ प्रदेश ५ का सचिव संगीत बस्याल, राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणी देवकोटा, सिस्नोपानी नेपालका अध्यक्ष डा लोकराज पराजुली लगायतले संगीतकार श्रेष्ठको विश्व कृतिमानीले दाङलाई पनि चिनाउन सफल भएको बताएका हुन ।
कार्यक्रममा संघका उपाध्यक्ष सन्तोष केसीले स्वागत मन्तव्य राखेको कार्यक्रममा धन्यवाद ज्ञापन संघका संस्थापक उपाध्यक्ष चेतन रेग्मीले गरेका थिए । कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघका सचिव पूर्ण केसीले गरेका थिए ।
