देउखुरीमा बोइलर कुखुराको मुल्य घट्यो
ओमप्रकाश गुप्ता
सिसहनियाँ ९ साउन । देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य साउन ११ गते देखि लागु हुने गरी घटेको छ ।
देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले कुखुराको मुल्य घटाएको हो । अव तयारी ब्रोइलरप्रति केजी २६० रूपैयाँ र फ्रेस मासुप्रति केजी ३७० रूपैयाँ कायम गरेको छ ।
यस अघि जिउदो कुखुराको मुल्य २८० थियो भने फ्रेसमासुको मुल्य ४०० रुपैयाँ कायम गरेको थियो । देउखुरीमा कुखुरा बढी र माग न्युन भएकोले मुल्य घटाउनु परेको समुहका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् ।
साथै अध्यक्ष अधिकारीले समितिबाट लागु गरिएको मुल्यमा तयारी जिउँदो ब्रोइलर कुखुरा र फ्रेस मासुको कारोबार गर्न सम्पुर्ण किसान ,मासु ब्यबसायीलगायत उपभोक्ताहरुमा अनुरोध गरेका छन् ।
