Goraksha

National Daily

दाङ विकास सल्लाकार परिषदको बैठक

दाङ, ९ साउन । दाङ विकास सल्लाहकार परिषदको बैठकले चौथो जिल्ला सभामा प्रस्तुत गरिने निती तथा कार्यक्रम परिमार्जन गरेर जिल्लासभामा लैजाने निर्णय गरेको छ । शुक्रवार बसेको सल्लाकार परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति दाङले निकट भविश्यमा चौथो जिल्ला सभा गर्ने तयारी गरेको छ । त्यसैगरेर बैठकले सभामा प्रस्तुत गरिने निती तथा कार्यक्रमको मस्यौदा तयारीको लागि विषयगत जिम्मेवारी समेत दिएको छ ।

‘सल्लाकार सदस्यको भूमिकालाई विशिष्टकृत र जि.स.सको कार्यसम्पादन प्रयोगमा उपयोगको लागि तोकिएको विषय क्षेत्र केन्द्रीत भएर परामर्श र विज्ञता प्राप्त गर्न जिम्मेवारी तोक्ने वैठकले निर्णय गरेको छ’ सल्लाकार परिषदका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने ‘ यसले आगामी दिनमा जिल्लामा काम गर्न सहज हुने विश्वास लिएका छौ । ’

बैठकले आर्थिक क्षेत्रको लागि जिम्मेवारी नवराज अधिकारीलाई दिएको छ । त्यसैगरेर सामाजिक क्षेत्रको जिम्मेवारी प्रा.लेखनाथ आचार्य र माधव गौतम, पुर्वाधार क्षेत्रमा नहकुल केसी र नवराज सुवेदीलाई जिम्मेवारी दिएको छ । त्यसैगरेर वन वातावरण, विपत्त व्यवस्थापनमा देवनारायण चौधरी र भरतराज न्यौपानेलाई दिएको छ ।

बैठकले संस्थागत विकास, सुशासन सेवा समुहको जिम्मेवारी विकिरण गौतम र रमण कुमार शर्मालाई दिएको छ भने विधान र न्यायसम्पादनको जिम्मेवारी रेवतीरमण भटराई र राजेन्द्र कुमार श्रेष्ठलाई दिएको छ । बैठकमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य र पुर्व सहसचिव रमेशकुमार अधिकारीले चौथो जिल्ला सभामा लैजाने महत्वपुर्ण विषयमा सुझाव राखेका थिए ।

परिषदका सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले विषय प्रवेश गरेको बैठकको सहजिकरण निमित्त समन्वय अधिकारी सावित्री श्रेष्ठले गरेकी थिइन ।