Goraksha

National Daily

पहिरोका कारण घोराही–होलेरी सडक खण्ड अवरुद्ध

दाङ,९ साउन । पहिरोका कारण घोराही–होलेरी सडक खण्ड पुन अवरुद्ध भएको छ ।

उक्त सडक खण्डको अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १९ च्यानगैरामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

माथि पहाडबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । स्काभेटर प्रयोग गरेर पहिरो हटाउने काम गरिरहेको प्रहरीले जनाएको छ ।