मेरी आमा नै मेरो खुशी …
बालाराम खड्का
दाङ । म गर्भमै थिएँ । बुबाको मृत्यु भएको २ महिनापछि म यो संसारमा आएँ । मेरी आमाले हामीलाई हुर्काउनुभयो, बढाउनु र पढाउनुभयो, राम्रो सत्कार दिनुभयो । मेरी आमाले हामीलाई यहाँसम्म ल्यान धेरै संघर्ष गर्नुभयो । रुकुमको साविक गराइलामा २०३५ सालमा जन्मेका पत्रकार हुन् अजयदीप शर्मा । जो जहिले पनि संघर्षमै जीवन बिताइरहेका छन् । तर उनको संघर्ष भित्र पनि आफू सधैं खुशी हुने बताउँछन् । मिजासिला शालीन स्वभावका शर्मा मंगलवार पत्रकार महासंघको हल अगाडि बसेर साथीभाइहरुसँग कुरा गर्दै थिए ।
उनका खुशीका पलहरु सम्झना गर्दा उनले आफ्नी आमालाई पहिले सम्झना गरे । आफूले धेरै दुःख–कष्ट सहेर पनि सधैँ छोराछोरीका खुशीका लागि लाग्ने आमा उनले आप्mना सुख–दुःखका पलहरु आफ्नी जन्मदिने आमाबाटै सुरु गरे । उनले भने म गर्भमा हुँदा मैले बुबालाई गुमाएँ तर बुबाको कमी हुन आमाले कहिल्यै पनि दिनुभएन । उनले आप्mनो पहिलो खुशी आप्mनो आमालाई सम्झिए । ‘मेरो पहिलो खुशी मेरी आमा हुनुहुन्छ, जसले हाम्रो दाइभाइ र मलाई यहाँसम्म ल्याउनुभयो ।’ मेरो पहिलो खुशी मेरी आमा लेखिदिनुहोला । ‘तपाईंले आफै बुझेर लेख्नुहोला म सबै कुरा भन्दै जान्छु’ –शर्माले भने । उनले धेरैजसो कुराहरु र जीवनका पल र खुशीहरु आमालाई सम्झिएर व्यक्त गरे । २०४० सालमा हामीलाई डो¥याउँदै आमा दाङ झर्नुभयो ।
त्यसपछि बुबाको भूमिका सबै मेरी आमाले निभाउनुभयो । उनले आफूलाई लेखाउने, पढाउने र समाजमा जिउन सिकाउने आमाले बनाएको बताए । उनले आफूलाई एक्लोपन हुन आमाले नदिएको बताए । ‘सहायत रुकुमबाट मेरी आमाले दाङ हामीलाई नल्याएको भए हाम्रो जीवन निकै कष्टकर हुने थियो । आमाले हामीलाई यहाँ ल्याएर धेरै जीउन सिकाउनुभयो, आज यहाँसम्म आउनमा आमाले धेरै भूमिका खेल्नुभयो’–उनले भने–‘मेरो जीवनको पहिलो खुशी नै मेरी आमा ।’
त्यस्तै शर्माले अर्को खुशी घोराहीमा पढ्दापढ्दै क्रान्तिकारी विद्यार्थीमा लागेर सिर्जनात्म र जीवनमा जिउन र सबै सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । उनले पढाई र विद्यार्थी राजनीतिमा सँगसँगै आफूले साहित्यमा पनि चासो दिएको भन्दै २०५५ सालमा जनउभार पत्रिकामा आप्mनो पहिलो कविता प्रकाशित हुँदा निकै खुशी लागेको सुनाए । उनले त्यस सँगसँगै पत्रिकामा काम गर्ने आफूलाई उत्साहित त्यहीँबाट सुरु भएको बताए । उनले जनयुद्धमा त्यस पत्रिकामा आबद्ध भएर पत्रिकाको मुठाहरु दाङ, प्यूठान, सल्यान, रुकुमसम्म पु¥याएको र आप्mनो पार्टी तथा छापामारहरुलाई सूचना प्रवाह गर्न पाएकोमा खुशी व्यक्त गरे । ‘मैले दिनभर हिडेर लुकाएर जनउभार पत्रिका राप्ती अञ्चलका विभिन्न स्थानमा पु¥याउने गरेको थिएँ’–उनले भने ।
उनले त्यो कुरा घरमा आमालाई थाहा नहुने र आप्mनो संगठन र सूचना प्रवाह आफूले लुकीछिपी गर्ने गरेको सुनाए । त्यस्तै उनले विस्तारै पत्रिकाको सम्वाद्दाता भएको र ५६ सालदेखि पत्रकार संगठनको भित्र–बाहिर काम गर्नुका साथै सूचना प्रवाह गरेको बताए । उनले त्यसपछि सोही पत्रिकामै २०६२÷०६३ पछि सम्पादनको जिम्मेवारी निभाउँदा खुशी लागेको बताए । उनले पत्रिकालाई सबैभन्दा प्यारो ठानेको बताए । मेरो सर्वस्व त्यही पत्रिकालाई मानेर मैले श्रम पसिना लगानी लगाएँ । मलाई अहिले पनि पत्रिकाप्रति धेरै माया लाग्छ । आप्mनो कर्ममा मलाई विश्वास र खुशी लाग्ने गरेको बताए । शर्माले युद्धपत्रकारिता र जनमुक्ति सेनाको रुपमा काम गरेर बन्दुक र कलमलाई सँगसँगै चलाउन पाउँदा पनि अर्को खुशी मिलेको बताए ।
उनले भूमिगत हुँदा सकेट बम, बन्दुक पनि चलाए सँगसँगै कलम पनि चलाए । ‘कलम र बन्दुक सँगसँगै बोक्न पाउँदा मलाई निकै खुशी लाग्ने गरेको छ’–शर्माले भने । उनले युद्धकालीन पत्रकारिता अन्तर्गत रेडियो पत्रिकामा काम गरेर प्रत्यक्ष आफूहरुका कुराहरु जनता तथा कार्यकार्ता सेनालाई प्रत्यक्ष दिन पाउँदा पनि खुशी मिलेको सुनाए । त्यस्तै उनले आफूलाई विपक्षहरुसँग सहजीकरण गर्ने अवसर पार्टीले दिएकोमा पनि खुशी व्यक्त गरे । ‘मलाई तत्कालीन माओवादीका विपक्ष भन्नेहरुसँग पनि धेरै सहजीकरणको भूमिका खेलेर उनीहरुको जीवन बचाउन पाउँदा पनि खुशी लाग्ने गर्छ’–उनले भने । युद्धकालमा विभिन्न व्यक्तिहरुलाई पक्राउ गरी उनीहरुसँग सहजीकरण गर्ने जिम्मा आफूलाई दिने गरेको र सहज रुपले उनीहरुसँग छलफल गरी समस्या समाधान गर्न पाउँदा पनि खुशी मिल्ने गरेको उनले सुनाए । त्यस्तै उनले आफूहरुको त्यो संघर्षले गर्दा हाल राजनीतिक परिवर्तन आएको भन्दै खुशी व्यक्त गरे ।
तर व्यवस्था परिवर्तन भए पनि मानसिकता र चेतनामा विकास नभएकोमा भने शर्माले चिन्ता व्यक्त गरे । उनले आफूले शहीद परिवारकी छोरीलाई जनवादी विवाह गर्न पाउँदा पनि खुशी लागेको बताए । उनले आफ्नो परिवार र आफूले परिवर्तनमा लागि खेलेको भूमिका निकै महत्वपूर्ण भएको भन्दै खुशी व्यक्त गरे । उनले खुशी पैसाले किन्न नसकिने भन्दै आफै र मनभित्रबाट खुशी हुनुपर्ने बताए । उनले खुशीले मात्र सबथोक जित्न सकिने बताए । उनले समाजलाई आफूले दिएको लगानी नै आप्mनो लागि खुशी भएको सुनाए । ‘हामीसँगका साथीभाइहरु धेरै अगाडि बढिसके तर हामी आफ्नो यही अवस्थामै भए पनि खुशी छौँ’ उनले भने । रुकुमको गराइलामा २०३५ सालमा जन्मिएका अजयदीप शर्मा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, क्रान्तिकारी पत्रकार संघका संस्थापक सदस्य, पत्रकार महासंघका पूर्व जिल्ला उपाध्यक्ष, पूर्व माओवादीका लडाकु तथा नेकपा दाङका स्कूल विभाग प्रमुख हुन् ।
