Goraksha

National Daily

घोराही–४ मा क्वारेन्टाइन सरसफाई

दाङ,६ साउन । घोराही उपमहानगरपालिका वडा नं. ४ मा रहेका क्वारेन्टाइनहरुको सरसफाई गरिएको छ । वडा कार्यालयको अगुवाईमा लक्ष्मीपुर युवा क्लबको सहकार्यमा क्वारेन्टाइनहरु मंगलवार सरसफाई गरिएको हो ।

भारतबाट फर्किएका वडावासीहरुलाई राख्नका लागि प्रयोग गरिएका वडा नं. ४ का माध्यामिक विद्यालय डाडागाँउ क्वारेन्टाइन , आधारभुत विद्यालय सुनपुर क्वारेन्टाइन र स्यालापानी सामुदायिक वनमा रहेको क्वारेन्टाइन सरसफाई गरिएको हो ।

क्लबका अध्यक्ष पन्कज आचार्यको नेतृत्वमा सरसफाइ तथा सेनिटाइजर गरिएको क्लबका सद्स्य प्रमोद पन्थीले जानकारी दिएका छन् ।