Goraksha

National Daily

२ सय ९९ घरपरिवारलाई सोलार वितरण

रोल्पा,५ साउन । गंगादेव गाउँपालिका वडा नं. २ ले  २ सय ९९ घरधुरीलाई सोलार बितरण गरेको छ ।  वडा नं. २ का अध्यक्ष भुपाल दमाइको समन्वयमा गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले स्थानीयलाई सोलार वितरण गरेका हुन ।

अध्यक्ष खत्रीले सोलार बितरण कार्यक्रममा आर्थिक सहयोग गर्ने आशा प्रोजेक्टलाई धन्यवाद दिएका थिए । उनले गाउँपालिकाले सबै वडालाई आवश्यकता आधारमा प्राथमिकता दिएर विकास गर्दै आएको बताएका थिए ।

बिजुलीको पहुँच नपुगेका ठाउमा अध्यारोमुक्त गर्न सोलार बितरण गरिएको वडा अध्यक्ष भुपाल दमाइले बताए । जसमा वडा नम्बर २ बडामेलामा ९९ घर, घरबिर टोलमा ६६  र ओइलाम टोलमा १०० घरधुरीलाई सोलार बितरण गरिएको  उनले जानकारी दिएका छन् । आशा प्रोजेक्ट रोल्पाको आर्थिक सहयोगमा २ सय ९९ घरधुरीलाई ५० वाटको एक र एक सेट सोलार बितरण गरेको हो ।

५० वाटको सोलारको भ्याट रकम २०५ कादरले तिरेको वडा अध्यक्ष भुपाल दमाईलाई उदृत गर्दै गाउँपालिका प्रेस सयोजक अशोक वलीले जानकारी दिएका छन ।