Goraksha

National Daily

प्युठानको धरमपानीमा ट्याक्टर दुर्घटना, एकै गाउँका ५ जना गरी ७ जनाको ज्यान गयो 

सन्तोस शर्मा

प्युठान, ४ साउन । गएराती प्युठानमा टयाक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । रोल्पावाट मजदुर लिएर प्युठानतर्फ जादै गरेको लु २ त ४२३४ न को ट्याक्टर स्वर्गद्वारी नगरपालीका ३ रुमालेको भिरवाट खस्दा रोल्पा रुन्टीगढी गाउँपालीका ५ बाइजाका एकै गाउँका ६ जना र त्रिवेणी गा.पा २ वाकुलका टयाक्टर चालक सहित ७ जनाको ज्यान गएको घटनास्थलमा रहनुभएका रुन्टीगढी ५ का वडाअध्यक्ष याम बहादुर दशौदीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा रुन्टीगढी ५ बाइजाका सागर वस्नेत,रिम बहादुर वस्नत,कविराम वस्नेत,थम्मन वाठा विरेन्द्र बाठा र गोवर्धन बुढा त्यस्तै टयाक्टर चालक त्रिवेणी २ बाकुलका कमल कवर रहेका छन । राती करीव  ११ वजे ट्याक्टर दुर्घटना भएको र एकजना भने हामफालेर वाच्न सफल भएका छन । मृतको उद्धार गरी अहिले पोस्टमार्टमका लागी लगीसकीएको वताइएको छ ।