घोराहीमा नाम्सद्वारा रक्तदान
दाङ,३० असार । नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) राप्तीले रक्तदान गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण रक्त सञ्चार केन्द्रमा रगतको अभाव देखिएपछि नाम्सले घोराहीमा रहेको रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आफ्नै कार्यालयमा रक्तदान गरेको हो ।
संघका वरिष्ठ उपाध्यक्ष नबराज सापकोटासहित २९ जना बजार प्रतिनिधिहरुले रक्तदान गरेका हनु । सेवा नै मानविय धर्म हो भन्ने नाम्सको मर्म अनुसार रक्तदान गरिएको बरिष्ठ उपाध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।