दाङ,३० असार । दाङमा डिभिजन वन कार्यालयले १२ बर्षदेखि अतिक्रमित जग्गा खाली गराएरु वृक्षारोपन गरेको छ । वन अतिक्रमण गरी पक्की घर बनाएको क्षेत्रलाई खाली गराएरु बृक्षरोपण गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित जनकल्याण सामुदायिक वनको अतिक्रमण करिव २ हेक्टर क्षेत्रमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दाङा प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन् । उक्त क्षेत्रमा विगत १२ बर्षदेखि अतिक्रमण गरि पक्की घर समेत बनाएका थिए ।
अतिक्रमित जमिनलाई खाली गराई तारवार गरेर वृक्षारोपण गरिएको छ । अतिक्रमित क्षेत्र खाली गरेपछि जनकल्याण सामुदायिक वनका पदाधिकारीहरू, उपभोक्ता, विजौरी सव डिभिजन वन कार्यालयका कर्मचारीले सयुक्त रुपमा बृक्षरोपण गरेका हुन ।
टिमुर पकेट क्षेत्रमा बिरुवा वितरण
दाङको दुर्गम क्षेत्रको रुपमा रहेको वंगलाचुली गाउपालिकामा डिभिजन वन कार्यालय दांङले टिमुरको विरुवा वितरण सुरुवात गरेको छ । टिमुर रोपण अभियान अन्र्तगत जिल्लामा एक लाख टिमुर रोप्ने लक्ष्य लिएको वन कार्यालयले वंगलाचुली गाउपालिका वडा नं ४ स्थित जुम्लेपानी सामुदायिक वन उपभोक्ता मार्फत उत्पादन गरेको १२ हजार विरुवाको वितरण गरिएको कमिरेचौर सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत संयोग बस्नेतले जानकारी दिएका छन् ।
गाउपालिकाका अध्यक्ष भक्तवहादुर वलीले टिमुर रोपेर अभियानको सुरुवात गरेका थिए । दाङको पहाडी क्षेत्रमा टिमुर खेतीको सम्भावना रहेकाले कोरोनाले निम्त्याएको बेरोजगारीको अवस्थामा गाँउगाँउमा भित्रिएका युवाहरुलाई टिमुर खेतीमार्फत आर्थिक सम्वृद्धि गर्न सकिने भएकाले टिमुर रोप्न लगाइएको बंगलाचुली गाँउपालिका अध्यक्ष वलीले बताएका छन् ।
प्रदेश सरकार अन्र्तगत डिभिजन वन कार्यालय दांङले यसवर्ष वंगलाचुलीलगायत घोराहीको सैघा, तुलसीपुरको छिल्लीकोट, प्रतापकोट लगायतको उत्तरी महाभारत क्षेत्रका किसानहरुलाई निशुल्क रुपमा टिमुरको विरुवा उत्पादन गरेको छ ।
कार्यक्रममा स्थानिय उपभोक्तासंग अन्र्तक्रियाको क्रममा टिमुरको वजारीकरण र खेतीका चुनौतीको वारेमा स्थानियले राख्नुभएको जिज्ञासामा अधिकृत ज्ञवालीले वन कार्यालयले आफ्नो वारीमा फलेको टिमुर वेच्न कुनै कानुनी जटिलता नरहेको, वन कार्यालयले यसको सरलीकरणमा भुमिका खेल्ने भनि वताए । कार्यक्रमको सहजीकरण कमिरेचौर सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत संयोग वस्नेतले गरेका थिए ।
दाङको विकट क्षेत्रको रुपमा रहेको वंगलाचुलीमा टिमुरको वितरणले स्थानियले आर्थिक विकासको आशा पलाएको पाइएको छ । टिमर वितरणको अभियानले दुर्गमताको साथसाथै कोरोनाको त्रासमा रहेका उपभोक्ता वन कार्यालयको अभियानवाट घरवाट निस्किएर आफ्नो खेतवारीमा काम गर्न जुट्न थालेको पाइएको छ ।