दिप्तीशिखा चौधरी
दाङ,२८ असार । दंगीशरण गाउँपालिकाका दुई वडामा एक सय १८ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ । शनिवार र आईतबार गरिएको परिक्षणका क्रममा दंगीशरण गाउँपालिका वडा नं. ४ र ५ मा एक सय १८ जनामा सिकलसेल पोजिटिभ देखिएको हो ।
स्वास्थ्य शिविरमा शनिवार ७० जना र आइतवार ४० जनामा सिकसेल पोजिटिभ देखिएको श्रीगाउँ स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट दोर्ण वलीले जानकारी दिएका छन् । गाउँपालिकामा दुई दिनमा ७ सय १५ जना थारु समुदायका नागरिक सिकलसेल एनिमिया परिक्षण गरिएको हो ।
सोमवार वडा नं. १ र २ मा वडामा विशिरको आयोजना गरिने भएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत थारु समुदायको स्वास्थ्य परिक्षणलाई प्राथमिक्ता दिदै सिकलसेल एनिमिया स्वास्थ्य शिविरको आयोजना गरिएको हो । सिकलसेल एनिमियालाई थारु समुदायमा लाग्ने वंशानुगत रोगगत रोक मानिदै आइएको छ ।