कृषकहरुलाई कृषि सामग्री वितरण

दिप्तीशिखा चौधरी
दंगीशरण, २८ असार । दंगीशरण गाउँपालिका वडा न. ७ ले कृषकहरुलाई कृषि सामग्री वितरण गरेको छ ।
वडा कार्यालयले आइतवार एक कार्यक्रमको आयोजना गरि वडाका तीन समूह, एक सहकारी, २ फर्म र ९ जना कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको हो ।

सामग्रीहरुमा पावर स्प्रे १ थान, स्प्रे १५ थान , रोटा बेटर १ थान , घास काट्ने मेसीन १ थान, पम्प सेट १ थान , कम्बाईल मिल (धान कुट्ने मेसीन) १ थान , महदानी १ थान, कर्ण सेलर १ थान, मोटर ३ थान र २ ईन्चको चाटा वितरण गरिएको हो ।

कृषकहरुको समस्यालाई मध्यनजर गर्दै कृषि सामग्री उपलब्ध गराएको भन्दै कृषकहरु खुसी भएका छन् । वडा न. ७ का कृषकहरुको माग अनुशार कृषि सामग्री वितरण गरिएको वडा अध्यक्ष विर बहादुर वलीले जानकारी दिएका छन् ।

कृषि यान्त्रीकरण औजार वितरण कार्यक्रम अन्र्तगत कृषकहरुलाई २५ प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराईएको वडा अध्यक्ष वलीले बताए । विस्तारै कृषि क्षेत्रलाई आधुनीकिकरणतर्फ लेजानका लागि वडाले कृषि यान्त्रीकरण वितरण गरेको हो ।