प्रादेशिक अस्पतालमा ६२ प्रजातिका जडिबुटी

गोरक्ष समाचारदाता

बिजौरी, २७ असार । प्रादेशिक आयुर्वेद चिकित्शालय बिजौरीमा ६२ प्रजातिका विरूवा रोपिएको छ ।

सुगन्धवाल, पाषणभेद, चिराइतो, पानी अमला, जैतुन, घृतकुमारीलगायतका जडिबुटी प्रजातिका विरूवा अस्पतालका डाक्टर, कर्मचारीहरुले रोेपेका थिए ।

अस्पतालका निमित्त निर्देशक रामकामेश्वर ठाकुरले अस्पतालको जडिबुटी बगैचामा आयुर्वेद चिकित्सा पद्धतिमा अत्यावश्यक पर्ने जडिबुटी रोपण गरिएको बताए ।

यसैगरी पाँच प्रजातिका फलफूलका विरूवा समेत रोपिएकोे थियो । बोटविरूवाहरु वनस्पति अनुसन्धान केन्द्र सल्यान र डिभिजन वन कार्यालय दाङबाट प्राप्त भएको डाक्टर रामकामेश्वर ठाकुरले बताए ।