Goraksha

National Daily

सवारी दुर्घटनामा एक जना घाइते

दाङ,२२ असार । दाङमा सवारी दुर्घटनामा एक जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–८ चनैखोलादेखि तुलसीपुरतर्फ आउँदै गरेको रा २ प ५४३६ नं को स्कुटी अनियन्त्रित भई पल्टन तुलसीपुर उपमहानगरपालिका वडा नंं ५ रानिजरुवा निवासी ४३ को भीमबहादुर वली घाईते भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैद्धवारले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते वलीको तुलसीपुरमा रहेको राप्ती प्रदेशिक अस्पतालमा उपचार भैरहेको छ । स्कुटीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।