ट्याक्टरको ट्रलीमा मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु
दाङ,२१ मंसिर । दाङमा रोकिराखेको ट्याक्टरको ट्रलीमा मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ११ खैराचोक स्थित रोकिराखेको अवस्थामा रहेको रा १ त १९३८ नम्वरको ट्याक्टरको ट्रलीमा रा २ प ९३५० नम्वरको मोटरसाईकल ठोक्किदा चालक घोराही उपमहानगरपालिका वडा नं. ८ बस्ने १९ बर्षीय रेशम वलीको मृत्यु भएको छ ।
घट्नामा गम्भीर घाइते भएका वली उपचारका क्रममा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन । खैराचोकमा रोकिराखेको अवस्थाको ट्याक्टरको ट्रलीमा तुलसीपुरतिरबाट आउँदै गरेको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको थियो ।
उक्त घट्नामा मोटरसाइकलको पछाडी सवार घोराही–१० निवासी १८ बर्षीय अमृत चौधरी घाइते भएका छन । उनको राप्ती स्वास्थ्य विज्ञानमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । चौधरीको टाउँकोमा चोट लागेको छ ।
