Goraksha

National Daily

धारिलो हतियार प्रहार गर्दा एक व्यक्ति घाइते

दाङ,२१ असार । दाङमा धारिलो हतियार प्रहारबाट एक जना घाईते भएका छन् ।

शनिवार राती दश बजेतिर घोराही उपमहानगरपालिका वडा नं.१८ रझेनास्थित आफ्नै कोठामा धारिलो हतियार प्रहार गर्दा घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर बस्ने २९ बर्षीयका नबराज यादव घाइते भएका छन् ।

उनलाई मादक पदार्थ सेवन गरेका घोराही उपमहानगरपालिका वडा नं. १८ बस्ने ५९ बर्षीय शिव नेपालीले सामान्य बिबादका क्रममा धारिलो हतियार प्रहार गरी घाईते बनाएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैद्धवारले जानकारी दिएका छन् ।

घाइते यादवको घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञानमा सामान्य उपचार पश्चात थप उपचारका लागि कोहलपुर बाँके रिफर गरिएको छ । कुटपिट गर्ने ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको समेत प्रहरी बरिष्ठ उपरिक्षक बैद्ववारले जानकारी दिएका छन् ।