पूर्वमन्त्री शर्माद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, १५ असार । प्रतिनिधिसभा सदस्य एवं पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्माले स्वास्थ्य सामग्री प्रदान गरेकी छन् । स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी दाङ ल्याइएका स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई हस्तान्तरण गरेकी हुन् । कोरोनाको महामारीबाट जोगिन जिल्लाका दशवटै पालिकामा वितरण गर्ने गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

प्रमुख जिल्ला अधिकारी रिजाललाई थर्माेमिटर गन १५ थान, एन ९५ मास्क १ सय थान, सेनिटाइजर ४० बोत्तल, गाउन १ सय ७० थान, सर्जिकल मास्क ५ हजार थान र पञ्जा ५ सय थान प्रदान गरिएको हो । स्वास्थ्य सामग्री प्रदान गर्दै पूर्व मन्त्री शर्माले कोरोनाको उच्च जोखिम रहेका क्षेत्रमा ती सामान प्रदान गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिन् ।

शर्माले दाङमा कोरोना जोखिम उच्च रहेकाले सबैलाई सचेत बन्न आग्रह गरेकी छन् । जिल्लास्थित विभिन्न क्वारेन्टाइनहरुमा बसेका केहीको स्वाब परीक्षणको रिपोर्ट अझै नआएको बताउँदै अब केही दिन नआत्तिन आग्रह गरिन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईवटा पिसिआर मेसिन जडान भएकाले अब कोरोना परीक्षणको दायरा पनि बढ्ने उनले बताइन् ।