सडकको सौन्दर्यकरण गर्दै बन कार्यालय

  •   
  •  

शिवराज खनाल
लमही १५ असार । लमही नगरपालिका वडा नम्बर ७ को बनघुस्री क्षेत्रको सडकलाई सुन्दर बनाउन सडक वरपर फुलजातका २ सय बढि बिरुवा लगाईने भएको छ ।

डिभिजन बन कार्यालय देउखुरीले लमहीनगरपालिका वडा नम्बर ७ बनघुस्रीमा सडक सौन्दर्यकरणका लागि यसरी फुलजातका बिरुवा लगाउने तयारी गरेको जानकारी दिएको हो ।

प्रदेश बन मन्त्रालय मार्फत प्राप्त दश लाख रुपैयाको लागतमा अलबन्डा, सेतो, पहेलो, करेटन, एक जोडा, रङबदल, निलकमल, टिकोमा प्रजाति, युनिस पास ग्रीन टिबुलियालगातयका मुल्यबान फुलजातका बिरुवाहरु लगाईने र संरक्षणका लागि तारजालीको ब्यबस्था गरिने डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत पुरन प्रसाद चौधरीले जानकारी दिए ।

सामान्य तया बजारको मुख्य क्षेत्र राजमार्गको बिचमा फुलहरु लगाई सडकको सौन्दर्यता बढाउने चलन हुन्छ तर लमही नगरपालिकाको मुख्य राजमार्ग लगायत अन्य बजारका सडकहरुमा सो ब्यबस्था नभएका कारण पनि बजारमा तत्कालका लागि सौन्दर्यकरण गर्न उपयुक्त स्थान नपाईएको र लमहीनगरपालिकासंगको सहमतिमा बन घुस्री होमस्टेसम्मका लागि सडक वरपर फुलजातीका बिरुवा रोप्ने निर्णय गरिएको पनि डिभिजन बन कार्यालय देउखुरीले जानकारी दिएको छ ।