मोवाइल पसलमा डेढलाख बढीको चोरी

  •   
  •  

दाङ, १५ असार । दाङको घोराही उपमहानगरपालिका वडा नंं. १५ बालमन्दिर चौकमा रहेको मनकामना मोवाइल पसलमा आइतवार राती डेढ लाख बढीको चोरी भएको छ ।

पसलमा रहेको सटरको ताला फोडी चोरले नगद ८० हजार रुपैया, ४२ हजार बराबरको नयाँ मोवाइट २४ थान, ग्राहकले मर्मतका लागि पसलमा छोडेका १६ वटा मोवाइल, १० हजार बिभिन्न चार्जर र ब्याट्री चोरी भएको मोवाइल तथा इलोक्ट्रोनिक्स ब्यावसायी संघ,दाङका कार्यवाहक अध्यक्ष शालिकराम खनालले जानकारी दिएका छन् ।

संघले सोमवार एक बिज्ञप्ति निकालर ब्यावसायिको सुरक्षाप्रति गम्भिर हुन प्रहरी प्रशारणको ध्यानाकर्षण गराएको छ । चोरी गर्ने मानिसहरुको तत्काल खोजी गरी उनीहरुलाई कारवाही गर्न पनि बिज्ञप्तिमा माग गरिएको छ ।