राप्तीमा विपन्न परिवारलाई बंगुरका पाठा वितरण
देउखुरी,१२ असार । देउखुरीको राप्ती गाउँपालिकामा किसानलाई बंगुरका पाठा वितरण गरिएको छ । राप्ती गाउँपालिका र मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत कोरोना भाइरसका कारण समस्यामा परेका परिवारहरुलाई बंगुरका पाठा वितरण गरिएको हो ।
राप्ती गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाको पहलमा राप्ती गाउँपालिका वडा नं ५, ६, ७ र ८ का २० जना गरिब, बिपन्न तथा कोभिड–१९ का कारण समस्यामा परेका परिवारलाई बंगुर वितरण गरिएको राप्ती गाउँपालिकाले जनाएको छ ।
कोभिड १९ को महामारीले असर परेका परिवारहरुबाट समूह गठन गरि प्रत्यक किसानलाई एक एक वटा बंगुरको पाठी र समुहलाई बंगुरको दुई पाठा गरि चार वटा वडामा ८० वटा बंगुरको पाठी र आठ वटा बंगुरको पाठा बितरण गरिएको राप्ती गाउँपालिका पशुपक्षी तथा मत्स्य विकास शाखाका शेरबहादुर हमालले जानकारी दिएका छन् ।
उनका अनुसार किसानलाई बंगुरहरुलाई निशुल्क जुकाको औषधी र भिटामिन समेत बितरण गरिएको छ । वितरण गरेका बंगुरका पाठापाठीको बिमा समेत गरिएको हमालले जानकारी दिएका छन् । बंगुरका पाठापाठीले गरिब तथा बिपन्न परिवारलाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
