शिव राज खनाल
लमही, असार १० । राप्ती नदीमा उत्खनन् कार्य अझै रोकिएको छैन । लमही नगरपालिका वडा नम्बर ४ स्थित राप्ती घाटबाट नदिजन्य पदार्थ उत्खनन् गरि गढवा गाउँपालिका वडा नम्बर ५ स्थित समृद्दी क्रसर उद्योगमा डम्पिङ्ग गरीएको बडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
ढुवानीमा प्रयोग भएका २ वटा टिप्परलाई वडा प्रहरी कार्यालय लमहीले बुधबार नियन्त्रणमा लिएको छ । ना ८ ख ३९१३ र रा १ ख १५७८ नम्बरको लोड गरिएका २ वटा टिप्परलाई क्रसरमा जाँदै गरेको अबस्थाबाट नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
स्थानिय पालिकाहरुले नदिजन्य पदार्थ उत्खनन्का लागि आह्वान गरेको ठेक्का समयाबधी सकिए लगत्तै बन्द पनि गरेको छ ।
राप्तीका किनारमा सञ्चालित टतबन्धमा प्रयोग गर्ने नाममा उत्खनन् गरिएको यो घटना नौलो भने हैन । यो भन्दा पहिले पनि लकडाउनको मौका छोपी ठेकेदारले समृद्दी क्रसरमै डम्पिङ्ग गरेका थिए ।