निता चौधरी
तुलसीपुर,१० असार । विश्वमा फैलिएको कोरोना सङ्क्रमणको समयमा सचेत भएर रिपोर्टिङ गर्न व्याक वार्ड सोसाइटी एजुकेशन वेसका कार्यकारी निर्देशक तथा थारु कल्याणकारिणीसभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले पत्रकारहरूलाई आग्रह गरेका छन् ।
उनले महामारीको समयमा आफु संटमा रहेर पनि सूचना प्रदान गर्ने सञ्चारकर्मीहरुको प्रसंसा गरेका हुन ।
पत्रकारितामा थारु पत्रकारहरु अझै लगनशील भएर काम गरून् भन्ने उद्देश्यले थारु पत्रकार सङ्घ नेपाललाई ज्याकेट प्रदान गरेको उनले बताए । सन्दर्भमा तुलसीपुरमा क्रियाशील थारु पत्रकारहरुलाई तुलसीपुरमा ज्याकेट वितरण गर्दै चौधरीले यस्तो बताएका थिए ।
अवसरमा तुसीपुरका करिब २० जना पत्रकारहरूलाई प्रेस ज्याकेट वितरण गरिएको छ । त्यस्तै थारु पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहितले धेरै थारु पत्रकारहरु पर्दा पछाडिबाट पत्रकारिता गरिरहेकाले थारुहरुको एजेण्डाहरु उठान हुन नसकेकाले अब पर्दा अगाडिबाट पत्रकारिता गर्न थारु पत्रकारहरुलाई आग्रह गरेका थिए ।
कोभिड–१९ को कठिन परिस्थितिमा सावधानीपूर्वक काम गर्नु पर्ने बताए । त्यस्तै रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले थारु समुदायमा मात्रै सीमित पत्रकारिताको सङ्गसङ्गै गैरथारु समुदायमा आधारित पत्रकारिता गर्न सम्पूर्ण थारु पत्रकारहरुलाई आग्रह गरेका थिए । प्रतिष्पर्धाको समयमा आफ्नो क्षमता बढाउनुपर्ने उनको भनाई रहेको थियो ।
कार्यक्रमको सहजीकरण थारु पत्रकार सङ्घ दाङको सचिव निता चौधरीले गरेकी थिइन ।