दाङ,१० पुस । दाङमा थप एक जना जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
बुधवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा बंगलाचुली गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष र एक जना महिला स्वास्थ्य स्वयम सेविकामा कोरोना संक्रमण देखिएको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले जानकारी दिएका छन् ।
त्यसै गरी बंगलाचुली गाउँपालिका वडा नं. १ निवासी एक जना महिला स्वास्थ्य स्वयमसेविकामा पनि कोरोना संक्रमण देखिएको छ । वडा नं. १ निवासी ती स्वयमसेविकाको जेठको २५ गते वडा नं. २ को प्रावि बोढिपोखरा क्वारेन्टाइनबाट स्वाव संकलन गरिएको थियो ।
योसँगै दाङमा कोरोना भाइरस संक्रमित हुने जनप्रतिनिधिहरुको संख्या चार पुगेका छ । यसअघि बंगलाचुली वडा नं. ५ र ६ का वडा सदस्य र घोराही उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्षहरुमा पनि कोरोना संक्रमण देखिएको थियो । उनीहरु मध्य बंगलाचुली गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष उपचारपछि घर फर्कि सकेका छन् ।