दाङमा बृक्षारोपणका लागि २ लाख ५० हजार बिरुवा तयार
हेमराज शर्मा
दाङ,१० असार । डिभिजन वन कार्यालय दाङले वनलाई नागरिकको जिवनस्तरसँग जोडन जडिबुटी खेतीलाई सबृद्धीको अभियानका रुपमा अगाडी बढाएको छ । डिभिजन वन कार्यालय दाङले यसवर्ष डिभिजन वन कार्यालय अन्तर्गतका ३ वटा नर्सरीमा गरी जम्मा १ लाख टिमुर र २० हजार सुगन्धकोकिलाका विरुवाहरु उत्पादन भएका छन् ।
जस मध्य ५० हजार जडिबुटी विरुवा (टिमुर र सुगन्धकोकिला) यसैवर्ष साुमदायिक वन उपभोक्ता समूह तथा निजी कृषकहरु लाई वितरण गरी वृक्षारोपण गरिदै छ भने कतिपय राष्ट्रिय वन खण्डमा समेत रोपण गरिनेछ ।
करीव ५० हजार वटा बिरुवा आफ्नै नर्सरीमा तयार पारेको वन कार्यालयले थप ५० हजार बिरुवा खरिद गरेर टिमुर खेतीगर्न चाहने निजी वन धनीलाई वितरण गर्ने योजना अनुसारले काम भैरहेको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन् ।
जिल्लाका पहाडी क्षेत्रमा टिमुर खेतीका लागी सहयोग गर्ने भएपछि स्थानिय उपभोक्ताहरु निकै उत्साहीत भएको वन कार्यालयको भनाई छ । टिमुरसँगै वन कार्यालयले तेजपात, अमला, कुरीलोलगायतका अन्य जटिबुटीहरु पनि कृषकको माग र वातावरण अनुकुलता हेरेर वितरण गर्न गर्ने डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।
दाङ जिल्लाको वंगलाचुली गाँउपालिका, घोराही उपमहानगरपालिका १८ र १९, तुलसीपुर उपमहानगरपालिका ३ र १९ लाई टिमुर र सुगन्धकोकिला (मालागेडी) को पकेट क्षेत्र तोकिएको छ भने बबई नदी आसपासको बगर र दाङ उपत्यकाको दक्षिण पश्चिम भागलाई मेन्था, क्योमोमाईल, सर्पगन्धा, कुरिलो जस्ता जडिवुटीको उत्पादनका लागि पकेट क्षेत्र तोकिएको छ ।
यो वर्ष टिमुर र सुगन्धाकोकिलाको पकेट क्षेत्र लक्षित वृक्षारोपण अभियान संचालन गरिने प्रमुख ज्ञवालीले बताए ।
जडिबुटीको पकेट क्षेत्र तोकिएको क्षेत्रमा वस्ने मानिसहरु वसाईसराई गरी उपत्यका केन्द्रित भएकोले त्यो क्षेत्रमा भएका जग्गाहरु दिनानु दिन अनुत्पादक भईरहेका छन् भने त्यस्ता निजी कृषि योग्य जग्गामा रुखहरु हुर्कदा वन्यजन्तुहरु खेती वारी र गाँउ वस्तीमा पसि खेती वाली र पशु चौपायालाई हानी नोक्सानी पु¥याई रहेको जनगुनासोका डिभिजन वन कार्यालयले अघि सारेको टिमुर र सुगन्धाकोकिाला रोपण अभियानले एकातर्फ मानव वन्यजन्तु विचको द्वन्द कम गर्छ भने अर्को तर्फ वाँझो जमिनको उपयोग भई गाँउमा वस्ने र जग्गा भएका जग्गाधनीहरुले छोटो समयमा मनग्य आम्दानीको अवसर खुलाएको छ ।
प्रोत्सहान स्वरुप २० प्रतिशत फलफुलका बिरुवा
यसैवचि बगरलाई वन बनाउने अभियानलाई प्रभावकारी बनाउन काष्ठ प्रजातीका विरुवाहरु लैजाँदा प्रोत्सहान स्वरुप २० प्रतिशत फलफुलका बिरुवा समेत वितरण गरिने डिभिजन वन कार्यालयले बताएको छ ।
पहाडी क्षेत्रमा जटिबुटी र तराइ क्षेत्रमा फलफुलका बिरुवा अन्य बिरुवासँगै रोपे उपभोक्ताहरुले छिटै उत्पादन लिन सक्ने भएकाले यस वर्ष ५० हेक्टर बगरमा २ लाख ५० हजार भन्दा बढि बिरुवा काष्ट तथा फलफुल विरुवाहरु रोपण गरिने डिभिजन वन प्रमुख दिपक ज्ञवालीले बताए ।
गतवर्ष ४० हेक्टर वगर क्षेत्रमा तारबार सहित बृक्षारोपण गरेको वन कार्यालयले यस वर्ष वन क्षेत्र बाहेकका ऐलानी तथा पर्ती जग्गामा समेत बृक्षारोपणका कार्यक्रम संचालनका लागी उपभोक्ताबाट माग आएको जनाएको छ ।
फलफुल विरुवाहरुमा विभिन्न प्रजातीका आँप, सुनकागती, बाह्रमो कागती, रुख कटहर, लिची, अनार, नास्पती, किवी, ङ«यागन फ्रुट, जुनार, सुन्तला, रुख बयर आदी गरी जम्मा ५३००० विरुवाहरु खरिद प्रकृयामा रहेकोले आपूर्तिकर्ताबाट ढुवानी भै डिभिजन वन कार्यालयमा आए लगतै विरुवा वितरण कार्य शुरु गरिने सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिएका छन् ।
