सामुदायिक रेडियोलाई जनमुखी बनाउन सुझाव

शिवराज खनाल
लमही,९ असार । सामुदायिक रेडियोहरुले जनता र समाजका आवाजलाई थप प्राथमिकता दिएर रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्न लमहीका नागरिक अगुवाहरुले सुझाव दिएका छन् ।

सामुदायिक रेडियो प्रदेश नम्बर ५ को निर्माणाधिन भबनको सामाजिक लेखा परिक्षण कार्यक्रममा नेता भन्दा जनता ठुला हुन भन्ने कुरालाई सामुदायिक रेडियोहरुले प्राथमिकता दिन सके मात्रै आवाज बिहिनको आवाज बन्न सक्ने भएकाले तेसमा जोड दिनुपर्ने उनीहरुको सुझाव थियो ।

कोरोना भाईरस कोभिड १९को महामारीबाट दुरदराजका नागरिक बढि प्रभाबित भएको र त्यस्ता नागरिकको सारथि सामुदायिक रेडियोहरु भएकोले सामुदायिक रेडियोहरुले सोही अनुसार जिम्मेवारी बहन गर्नुपर्ने वताए ।

सामुदायिक रेडियो प्रसारक सघ प्रदेश नम्बर ५ को निर्माणाधीन भबनको सामाजिक लेखा परिक्षण कार्यक्रमका अबसरमा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिमबहादुर केसीले प्रदेश ५ स्तरिय सामुदायिक रेडियो प्रसारक सघको भबनलाई प्रदेश स्तरिय रेडियो कार्यक्रम उत्पादन प्रसारणका साथै रेडियो तालिम केन्द्रको रुपमा बिकशित गर्नुपर्ने बताए ।

नागरिक समाज दाङका उपाध्यक्ष निमबहादुर थापाले रेडियोहरु लेखपढ गर्न नसक्ने सुनेर मात्र देश दुनिया थाहापाउने बर्गको पनि भएकाले रेडियोहरुले सोही अनुसार कार्यक्रम सचालन गर्नुपर्ने बताए ।

सामुदायिक रेडियो प्रसारक सघ प्रदेश नम्बर ५ अध्यक्ष केपी घिमिरेले सामुदायिक रेडियोलाई थप जनमुखी बनाउने गरेर काम भैराखेको बताए । लमहीको रातोडाडामा सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ को भबन निर्माणको काम लमही नगर विकास समितिले उपलब्ध गराएको १५ धुर जमनीमा भैराखेको छ ।

प्रदेश नम्बर ५ सरकारबाट प्राप्त २३ लाख ७५ हजार २ सय ३१ रुपैयाको लागतमा निर्माण कार्य शुरु गरिएको अकोराबको निर्माणाधिन भबनको पहिलो तला ढलानको काम पुरा भएको छ । अहिले १३ लाख ७० हजार रुपैया प्राप्त भएको कार्यक्रममा जानकारी गराईएको थियो । बाँकी निर्माणकार्यका लागी प्रदेश सरकारले यो बर्ष थप १५ लाख रुपैया बिनियोजन गरेको छ ।

सामुदायिक रेडियो प्रसारक सघ प्रदेश ५ का अध्यक्ष घिमिरेको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडियो हाईवे संचालक समितिका अध्यक्ष तिलक बहादुर केसी, रोटरी क्लब अफ लमहीका अध्यक्ष रबिलाल आचार्य, लमही आखा अस्पताल प्रसानिक समितिका प्रमुख घनश्याम सुबेदी, पतन्जली योग समिति दाङका उपाध्यक्ष साहना श्रेष्ठ, चेम्बरअफ कर्मश लमहीका सचिब केशब अधिकारी, रातोडाडा टोल बिकाश संस्थाका अध्यक्ष कृष्ण खनाल, पत्रकार राधेश्याम गुप्ता लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन रेडियो हाईवेका सम्पादक तथा नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले गरेकी थिइन ।