दाङ ९ असार । पतन्जली योगपिठ हरिद्वारले कोरोनाका बिरामीका लागि औषधी तयार गरेको दावी गर्दै त्यसलाई सार्वजनिक समेत गरेको छ । योगगुरू रामदेवले त्यो औषधी मगलबार सार्वजनिक गरेका हुन् ।
कोरोनिल ट्याबलेट र श्वासरी बटी नामका दुई औषधी सार्वजनिक गर्दै रामदेवले यो औषधीले कोभिड १९ का बिरामी निको हुने दाबी गरे ।
क्लिनिकल ट्रायलका क्रममा दुबै औषधीले बिरामीलाई सतप्रतिशत सकारात्मक प्रभाव पारेको कम्पनीले बताएको छ । रामदेवले कोभिड १९ निको हुन्छ भनेर दाबी गरिएको औषधीको ट्रायलमा २ सय ८० बिरामी सहभागी थिए । उनीहरू सबै यो औषधी खाएर निको भएको बताइएको छ । औषधी दिनुभन्दा पहिला बिरामीको पूर्वस्वीकृति लिइएको कम्पनीले बताएको छ ।