दाङ,७ असार । दाङ थप ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणका क्रममा घोराही उपमहानगरपालिकामा २ जना, तुलसीपुर उपमहानगरपालिकामा ५ जना, गढवा गाउँपालिका ३ जना र प्रतिष्ठानमा कार्यरत एक जना गरि ११ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ७२ पुगेको हो । कोरोना संक्रमित हुने घोराही उपमहानगपालिका वडा नं. १ र ३ का ३२ र ३४ बर्षीय पुरुषहरु रहेका छन् ।
त्यसैगरी गढवा गाउँपालिका वडा नं. १,२ र ५ का १४,२५ र २५ बर्षीय र तुलसीपुर उपमहानगरपालिका वडा नं. १३,१६ र १८ का १९,१६,१९,३३ र ३९ बर्षीष पुरुष रहेका छन् । संक्रमित मध्य गढवा गाउँपालका १४ बर्षीय एक जना बालक समेत रहेका छन् ।
त्यसैगरी रोल्पा नगरपालिका–७ निवासी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । योसँगै प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीमध्य ५ जनामा कोरोना संक्रमण देखिएको छ ।