दाङ,७ असार । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार बढि पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४२१ जना नयाँ संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । जसमा १४९ जना महिला रहेका छन् भने १ हजार ६२३ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १९४ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १८६ पुरुष रहेका छन् ।