दाङ, ३ असार । जिल्लामा कोरोना भाइरसकोे संक्रमणलार्ई फैैलन नदिन लकडाउनलाई कडाई गर्ने निर्णय भएको छ । जिल्लामा कोरोना संक्रमितहरुको संख्या दैनिक रुपमा बढिरहदा जिल्ला कोरोेना संंकट व्यवस्थापन समितिको बैेठकले असार ४ गते बिहीबारबाट लागु हुने गरी लकडाउनलाई कडाईृ गर्न थालेकोे होे ।
केही दिनयतालगातार ठुलो संख्यामा कोरोना भाइरस संक्रमित बढ्न थालेपछि जिल्लामा पुनः लकडाउन कडाई गर्ने निर्णय गरेको जिल्ला कोरोना संकट व्यवस्थापन समिति तथा जिल्ला विपद व्यवस्थापन समिति संयोजक एवम् दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन्् ।
जिल्लाका विभिन्न पालिकाहरुको क्वारेन्टाइनमा रहेका अधिकांश नागरिकहरु तथा सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । भोलि असार ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु बेलुकी ५ बजेपछि बिहान ५ बजेसम्म बन्द गर्ने निर्णय गरिएको छ । त्यस्तै बैैठकले अर्को व्यवस्था नभएसम्मका लागि बिहीबारबाट लागुु हुने गरी निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो ।
जिल्ला प्रशासन कार्यालय दाङमा बुधबार बिहान बसेको वैठकले सवारी साधनलाई व्यवस्थित गर्न निजी सवारी साधनहरुको जोडबिजोड प्रणाली जिल्लाभर लागु गर्ने निर्णय गरेको छ । मोटरसाइकलमा एकजना मात्र सवार हुन पाउने बताइएको छ ।
त्यस्तै जीपकारहरुमा चालकसहित अन्य दुईजना बस्ने गरी जोरबिजोर प्रणाली लागु गरिएको छ । विकास निर्माण र अत्यावश्यक क्षेत्रमा चल्ने सवारीमा यो नियम लागुु गरिएको छ ।
यस्तै, बेलुकीको समयमा अनावश्यक मानिसको जमघट बढी हुन थालेको, मदिराजन्य बस्तु बिक्रि हुने स्थानमा भीडभाड बढेको भन्दै भोलि साँझ पाँच बजेपछि बजार बन्द गर्ने निर्णय भएको छ । अब दैनिक ५ बजेपछि जिल्लभरका बजार बन्द हुने भएका छन् ।
यस्तै, बैैठकले जिल्लामा कोरोना संक्रमितहरुको प्रभावकारी उपचार गर्न परीक्षण बिधि बढाउन अबको दुई दिनभित्रै रिएजेन्ट कम्तिमा पनि दश हजार व्यक्तिको परीक्षण गर्ने गरी जिल्लामा ल्याउने, दैनिक एक हजार व्यक्तिको जाँच गरेको नतिजा सार्वजनिक गर्नेगरी तयारी गर्ने, क्वारेन्टाइनहरुलाई थप व्यवस्थित गर्ने, संक्रमितहरुका लागि सम्बन्धित क्वारेन्टाइनमै आइसोलेसन बनाउने, सबैलाई उच्च शतर्कता अपनाउन अनुरोध गर्ने, मृत्यु भएमा शव व्यवस्थापनका लागि सम्बन्धित गाउँपालिकाहरुमै स्थान बनाउने, त्यसका लागि १० जना बढिको शव व्यवस्थापनमा चाहिने सामानहरु जिल्ला विपत व्यवस्थापन समितिमा स्टक राख्ने निर्णय भएको छ ।
यसैगरी वर्षातको समय भएकाले बाढी, पहिरोको जोखिमबाट बच्न हरेक वडावडामा सचेतना फैलाउने, तयारी कार्यलाई व्यापक बनाउने, यसका लागि प्रचारप्रसार गर्न नेपाल पत्रकार महासंघसँग समन्वय गर्ने, बजारमा व्यवसायीहरुलाई सचेत र सजग बनाउन उद्योग वाणिज्य संघ र चेम्बरसँग समन्वय गर्ने, गाउँपालिकाहरुमा सचेतना कार्यक्रम अन्तगर्त माइकिङ गर्न सम्बन्धित गाउँपालिकासँग समन्वय गर्ने निर्णय पनि गरेको छ । साथै बैैठकले यही रफतारमा संक्रमितहरु बढि रहेमा नयाँ रणनीति बनाउने समेत योजना बनाएको छ ।
जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षत्तामा बसेको वैठकमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सुरक्षा प्रमुखहरु, दशवटै गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, नेपाल पत्रकार महासंघ, दाङ उद्योग वाणिज्य संघ, जिल्ला च्याम्बर, विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको वैठकले जिल्लामा कोरोना संक्रमितहरुको प्रभावकारी उपचार गर्नका लागि परीक्षण बिधि बढाउन दुईदिनभित्रै रेएजेन्ट कम्तिमा पनि दश हजार व्यक्तिको परीक्षण गर्ने गरी जिल्लामा ल्याउने, दैनिक एक हजार जति व्यक्तिको चेकजाँच रिर्पोट सार्वजनिक गर्नेगरी तयारी गर्ने, क्वारेनटाइनहरुलाई थप व्यवस्थित गर्ने, संक्रमितहरुका लागि सम्बन्धित क्वारेन्टाइनमै आइसोलेसन बनाउने, सबैलाई उच्च शतर्कता अपनाउन अनुरोध गर्ने, शव व्यवस्थापनका लागि सम्बन्धित गाउँपालिकाहरुमै स्थान बनाउने, त्यसका लागि १० जना बढिको शव व्यवस्थापनमा चाहिने सामानहरु जिल्ला विपत व्यवस्थापन समितिमा स्टक राख्ने निर्णय गरिएको छ ।
यसैगरी वर्षातको समय भएकाले बाढि, पहिरोको जोखिमबाट बच्नका लागि वडावडामा सचेतना फैलाउने, तयारी कार्यलाई व्यापक बनाउने, यसका लागि प्रचारप्रसार गर्न नेपाल पत्रकार महासंघसँग समन्वय गर्ने, बजारमा व्यवसायीहरुलाई सचेत र सजग बनाउन उद्योग वाणिज्य संघ र च्याम्बरसँग समन्वय गर्ने, गाउँपालिकाहरुमा सचेतना कार्यक्रम अन्तगर्त माइकिङ गर्न सम्बन्धित गाउँपालिकासँग समन्वय गर्ने निर्णय गरेको छ । हाल दाङमा ५ हजार जति व्यक्तिको परीक्षण गर्न बाँकी छ । हाल ४ सयजतिको परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा हुँदै आएको छ ।
अबको केही दिनमा नै दैनिक एक हजार जतिको परीक्षण रिपोर्ट प्रतिष्ठानले दिने गरी तयारी गरिएको छ । यस हिसाबले पनि अबको एक हप्ताभित्र परीक्षण गर्न बाँकी सबैको परीक्षण गरेर पनि रिर्पोट बाहिर आउने छ । यस्तो भएमा क्वारेन्टाइनमा बसेकाहरु मध्य नेगेटिभ आएकाहरु घर जानेछन् भने पोजेटिभ देखिएकाहरुको उपचार सुरु हुनेछ ।