एकै क्वारेन्टाइनका ४७ जना संक्रमित

दाङ,२ असार । दाङमा मंगलवार थपिएका ५६ कोरोना संक्रमित मध्य ४७ एउटै क्वारेन्टाइनमा रहेका छन् ।

घोराही स्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठाना गरिएको कोरोना परीक्षणका क्रममा घोराही उपमहानगरपालिका–४ स्थीत माध्यामिक विद्यालय डाडागाउँ गोग्लीमा रहेको क्वारेन्टाइनमा ४७ जना कोरोना संक्रमित भेटिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् ।

संक्रमित मध्य ३८ जना पुरुष र नौ जना महिला रहेका छन् । उनीहरु मध्य दुई जना बालबालिकाहरु रहेका छन ।

संक्रमित मध्य ४६ जना पुरुष र १० जना महिलाहरु रहेका छन् । योसँगै दाङमा कोरोना संक्रमितको संख्या दुई सय ४३ जना पुगेको छ । त्