दाङ, २ असार । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना पुगेको हो ।
उनीहरूमध्य१९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् । त्यस्तै दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, अर्घाखाँची र बर्दियाका ९र९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४र४ जना, नवलपुर, कास्की, सप्तरीका ३–३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २र२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एकरएक जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार अहिले देशभरका क्वारेन्टिनमा एक लाख ३७ हजार १४९ जना छन् ।